+
+
WC Series
काठमान्डु गोर्खाज 2025
157/8 (20)
VS
११२ बलमा १४० रन आवश्यक
लुम्बिनी लायन्स 2025
18/1 (1.2)
Shares

निर्वाचनको वातावरण निर्माण गर्न मातहतलाई तरूण दलको परिपत्र

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ९ गते १६:२५

९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरूण दलले आसन्न प्रतिनिधिसभा निर्वाचनको वातावरण निर्माणका लागि जिल्ला कार्यसमितिहरूलाई निर्देशन दिएको छ ।

मातृ पार्टीले २१ फागुनका लागि तय गरेको निर्वाचनमा जाने औपचारिक निर्णय गरेपछि अध्यक्ष विद्धान गुरूङले मंगलबार परिपत्रमार्फत् जिल्ला कार्यसमितिहरूलाई निर्वाचनको वातावरण निर्माणमा लाग्न निर्देशन दिएका हुन् ।

उनले जिल्लाहरू र्‍यालीलगायत मार्चपास गरी कोणसभा आयोजना गर्न र सभा सम्बोधनका क्रममा निर्धारित समयमै निर्वाचनको सुनिश्चितताबारे सम्बद्ध पक्षलाई ध्यानाकर्षण गराउन भनेका छन् ।

गुरूङले जिल्लास्थित नागरिक समाज, सुरक्षा अधिकारी, जेनजी युवा, निर्वाचन कार्यालयका अधिकारी, मतदाताहरूलगायतको उपस्थितिमा अन्तर्क्रिया कार्यक्रम गर्न पनि परिपत्रमा उल्लेख गरेका छन् । ‘जिल्लाका मतदाताहरु लक्षित सचेतना कार्यक्रम आयोजना गर्ने,’ परिपत्रमा भनिएको छ ।

अध्यक्ष गुरूङले जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री कार्यालयलाई शान्ति, अमनचयनको व्यवस्था मिलाउन ध्यानाकर्षण पत्र बुझाउन पनि जिल्ला कार्यसमितिलाई निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?