+
+
WC Series
पोखरा एभेन्जर्स 2025
131/5 (16.2)
VS
२२ बलमा ३५ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

महाधिवेशनबारे कुरा नमिलेपछि देउवा बने सक्रिय, आफू निकट नेताहरूसँग छलफलमा

पार्टीभित्रको विवाद समाधानबारे छलफल गर्न उनले आफू निकट पूर्वपदाधिकारीहरूलाई बोलाएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ११ गते १४:२५
फाइल तस्वीर

११ मंसिर, काठमाडौं । महाधिवेशनको विषयमा विवाद चर्किरहेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका छन् ।

पार्टीभित्रको विवाद समाधानबारे छलफल गर्न उनले आफू निकट पूर्वपदाधिकारीहरूलाई बोलाएका हुन् ।

महाधिवेशनबारे कुरा नमिलेपछि विवाद मिलाउन देउवा आफैं अग्रसर भएका हुन् ।

छलफलमा विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, डा. शशांक कोइराला, डा. प्रकाशरण महतलगायतका नेताहरू सहभागी छन् ।

छलफलमा सहभागी नेताहरू आगामी प्रतिनिधिसभा निर्वाचनपछि मात्रै पार्टीको १५औं महाधिवेशन हुनुपर्ने अडान राख्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?