+
+
Shares
प्रतिनिधि सभा निर्वाचन :

कैलाली-४ मा कांग्रेसबाट ७ जना आकांक्षी सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २४ गते १२:४१

कैलाली । कैलाली-४ मा प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि कांग्रेसले ७ जनाको नाम सिफारिस गरेको छ ।

फागुन २१ गते तय भएको निर्वाचनका लागि विघठित प्रतिनिधि सभा सदस्य वीरबहादुर बलायरसहित ७ जनाको नाम सिफारिस गरिएको हो ।

सिफारिसका लागि आइतबार र सोमबार दुई दिन समय तोकिएकोमा ७ जनाले उम्मेदवार हुने भन्दै नाम दर्ता गराएका थिए । उनीहरु सबैको नाम सिफारिस गरिएको हो ।

जसमा वीरबहादुर बलायरसहित विजय कुँवर, नैनसिंह महर,  लोकराज पाण्डेय ‘आगो’, दिनेशराज जोशी, टेकराज जोशी र युवा प्रतिनिधिका रुपमा भुवन महरासमेत रहेका छन ।

समानुपातिकतर्फ यज्ञनिधि कोइराला, जानकी पाल, खडकसिं बडैला, गोपालबहादुर देउवा, गंगा कामी र रमेश ताम्राकारको नाम सिफारिस गरिएको छ ।

यसैगरी राष्ट्रिय सभा सदस्यका लागि डा. लक्ष्मीराज पाठक, गजेन्द्र पन्त र हिरा दत्त भट्टको नाम सिफारिस भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?