News Summary
Generated by OK AI. Editorially reviewed.- आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ३ अर्ब २ करोड चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ।
- कम्पनीले कुल १५ करोड १४ लाख रुपैयाँ बराबरको लाभांश आगामी साधारणसभा र बीमा प्राधिकरणको स्वीकृति पछि वितरण गर्ने जनाएको छ।
- हाल कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४१७ रुपैयाँ हाराहारीमा रहेको छ।
२५ मंसिर, काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजी ३ अर्ब २ करोडको ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । यो लाभांश करसहित हो ।
कुल १५ करोड १४ लाख रुपैयाँ बराबरको लाभांश प्रदान गरिने कम्पनीले जनाएको छ । यो लाभांश आगामी साधारणसभा तथा नियामक बीमा प्राधिकरणबाट स्वीकृति भएपश्चात वितरण हुनेछ । हाल कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४१७ रुपैयाँ हाराहारीमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4