+
+
WC Series
विराटनगर किंग्स 2025
0/0
VS
लुम्बिनी लायन्स 2025
0/0
Shares

रवि र छविको मुद्दा ’हेर्न नमिल्ने’मा

मुद्दाको मिसिलमा  जाहेरवालाका कानुन व्यवसायी शालिकराम पौडेलको नाम वकालत नामामा समावेश भएको भन्दै न्यायाधीशले मुद्दा हेर्न नमिल्ने तर्क गरेर सुनुवाइ स्थगित गरेको लामिछानेनिकट  कानुन व्यवसायीले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २५ गते १३:५३

२५ मंसिर, बुटवल । सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र  तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको आजको सुनुवाई हेर्न नमिल्ने मा परेको छ ।

उनीहरूको मुद्दाको सुनुवाइ न्यायाधीशहरु तेजनारायण पौडेल र सागर विष्टको चार नम्बर इजलाशमा परेको थियो । तर मुद्दाको मिसिलमा  जाहेरवालाका कानुन व्यवसायी शालिकराम पौडेलको नाम वकालत नामामा समावेश भएको भन्दै न्यायाधीशले मुद्दा हेर्न नमिल्ने तर्क गरेर सुनुवाइ स्थगित गरेको लामिछानेनिकट  कानुन व्यवसायीले जानकारी दिए ।

उनका अनुसार न्यायाधीशले नाम लिएका व्यक्तिले जिल्ला, उच्च र सर्वोच्च कतै पनि बहसमा आएका थिएनन् । बिगो बराबरको रकम राखेर कारागार बाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने माग गर्दै लामिछानेले  च्च अदालतमा  पुनरावेदन गरेका थिए । यसअघिको उनको मुद्दाको सुनुवाइ सार्वजनिक बिदा भएका कारण हुन सकेको थिएन ।

बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने र जोशीको मुद्दाको विहिबारको पेशी गत कात्तिक १३ गतेपछिको निरन्तर सरिरहेको छ ।

लामिछानेले सहकारीमा भएको अपचलनको आफ्नो हिस्साको बिगो रकम दाखिला गरे पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते रिहा गर्न अस्वीकार गरेपछि उनी पुर्पक्षमा छन् । लामिछाने हाल नख्खु कारागारमा छन् भने छवि भैरहवा कारागारमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?