+
+
WC Series
विराटनगर किंग्स 2025
0/0
VS
लुम्बिनी लायन्स 2025
124/7 (18.5)
Shares

बैठकमा उपस्थितको संख्या कम भएपछि राप्रपा बैठकमा नेताहरूको चिन्ता

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २५ गते १६:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समिति बैठकमा पदाधिकारी र सदस्यहरूको उपस्थिति कम भएको छ।
  • अध्यक्ष राजेन्द्र लिङ्देनले पदमुक्त गरेका मुकुन्दश्याम गिरी बैठकमा सहभागी नभएका छन्।
  • बैठकमा अध्यक्ष लिङ्देनले समसामयिक राजनीतिक समिक्षा र सदस्यता वितरण निर्देशिका पेश गर्नुभएको छ।

२५ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठकमा पदाधिकारी र केन्द्रीय सदस्यहरूको उपस्थिति कम भएपछि नेताहरूले अध्यक्ष राजेन्द्र लिङ्देनको ध्यानाकर्षण गराएका छन् ।

 बुधबारदेखि सुरु भएको केन्द्रीय समितिको दोस्रो दिनको बैठकमा महामन्त्री डा. धवलशमशेर राणा अनुपस्थित रहेका छन् ।

बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार हिजोको बैठकमा सहभागी भएका मुकुन्दश्याम गिरी पनि आज सहभागी भएका छैनन् । गिरीलाई उपाध्यक्ष पदबाट अध्यक्ष लिङ्देनले पदमुक्त गरेका थिए ।

‘पदमुक्त गरेका भनिएका नेताहरूलाई पहिलेकै हैसियतमा बैठकमा सहभागी गराउने भद्र सहमति बनेको रहेछ,’ बैठकमा सहभागी एक नेताले भने,‘पदाधिकारीको लहरमा नराख्ने भएपछि उहाँ आउनु भएन ।’

ती नेताका अनुसार मौखिक सहमति अनुसार अध्यक्ष लिङ्देनले बैठक सञ्चालन नगरेको हुँदा महामन्त्री राणा पनि अनुपस्थित भएका हुन् । केन्द्रीय सदस्यहरू पनि उल्लेख्य सहभागी नभएको एक नेताले जानकारी गराए । उनी भन्छन्, ‘नेताहरूमा ऊर्जा नभएर हो कि धेरै जना आउनुभएको छैन ।’

बैठकमा अध्यक्ष लिङ्देनले पार्टी सञ्चालनको शैली प्रति नेताहरूले आपत्ति जनाएका छन् । बिहीबारको बैठकमा बोलेका गोपाल पौडेलले सबैलाई मिलाएर लान अध्यक्ष लिङ्देनलाई आग्रह गरेका थिए ।

उनको बोली उद्धृत गर्दै सहभागी एक नेताले भने,‘तपाई र म विद्यार्थी संगठनका अध्यक्ष भएका हौं । सबैलाई मिलाएर लान सक्नुभएन भने म आफैंले एउटा धारको नेतृत्व गर्छु ।’

बैठकमा अध्यक्ष लिङ्देनले समसामयिक राजनीतिकको समिक्षा प्रतिवेदन, वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले सदस्यता वितरण निर्देशिका,उपाध्यक्ष हेमजङ्ग गुरुङले महाधिवेशन कार्यतालिका, महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरुङ्ले सचिवालय सम्बन्धि र कोषाध्यक्ष निलकण्ठ काफ्लेले आर्थिक र लेखा परिक्षण प्रतिवेदन पेश गरेका छन् ।

उनीहरूले राखेका प्रतिवेदन माथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको छ । बैठक बिहीबार सक्ने भनिएपनि हालसम्म पदाधिकारीको बोल्ने क्रम सुरु नभएको नेताह‍रूले जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?