२६ मंसिर, काठमाडौं । अष्ट्रियामा विद्यालयमा छात्राहरुले हिजाब लगाउन नपाउने कडा कानून पारित भएको छ । सरकारी तथा निजी दुवै प्रकारका विद्यालयमा हिजाब प्रतिबन्ध गर्ने गरी कडा कानून पारित गरिएको हो ।
अष्ट्रियामा अहिले दक्षिणपन्थी पार्टीको नेतृत्वमा गठबन्धन सरकार छ । तीन मध्यमार्गी दलहरू समेत सहभागी छन् ।
सरकारले यो कानुनलाई ‘लैङ्गिक समानताप्रति स्पष्ट प्रतिबद्धता‘ भएको दाबी गरेको छ । तर, यसलाई अन्य सरोकारवाला र बुद्धिजीवीहरुले मुस्लिम समुदायविरुद्धको भावना बढाउने भन्दै असंवैधानिक कदमका रुपमा टिप्पणी गरेका छन् ।
यसअघि सन् २०२० मा १० वर्षभन्दा कम उमेरका बालिकालाई लक्षित गरी लागू गरिएको हिजाब प्रतिबन्ध संवैधानिक अदालतले खारेज गरेको थियो । यसपटक पारित गरिएको कानूनमा भने सबै कक्षाका छात्रामा लागू हुने भनिएको छ ।
नयाँ कानून अनुसार प्रतिबन्ध बारम्बार उल्लङ्घन गर्ने छात्रालाई ‘चाइल्ड तथा युथ वेलफेयर एजेन्सी‘को जिम्मा लगाइनेछ ।
कानून पालनामा अटेर गरे परिवार वा अभिभावकमाथि ८०० युरोसम्मको जरिबाना लगाइने प्रावधान पनि कानूनमा व्यवस्था गरिएको छ ।
प्रतिक्रिया 4