+
+
Shares

राप्रपा बैठकमा लिङ्देनलाई प्रश्नः निर्वाचन आयोगमा नाम किन अद्यावधिक गरिएन ?

गत माघ ११ देखि १३ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले निर्वाचन आयोगमा अद्यावधिकको गर्ने निर्णय गरेपनि हालसम्म हुन नसकेको प्रति कार्कीले प्रश्न उठाएका हुन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २६ गते १२:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रपक्षका नेताहरुको नाम निर्वाचन आयोगमा अद्यावधिक नगरेको विषयमा अध्यक्ष राजेन्द्र लिङ्देनसँग जवाफ माग गरिएको छ।
  • केन्द्रीय सदस्य रञ्जन कार्कीले गत माघ ११ देखि १३ गते बसेको केन्द्रीय समिति बैठकले निर्णय गरेपनि अद्यावधिक किन नभएको प्रश्न उठाएका छन्।
  • राप्रपा र मिश्र नेतृत्वको वृहत्तर ध्रुवीकरण पक्षबीच १२ असोज २०७९ मा एकता भएपनि ४० जना नेताको नाम निर्वाचन आयोगमा अभिलेखीकरण गरिएको छैन।

२६ मंसिर, काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रपक्षका नेताहरुको नाम निर्वाचन आयोगमा अद्यावधिक नगरेको भन्दै अध्यक्ष राजेन्द्र लिङ्देनसँग जवाफ माग गरिएको छ।

राप्रपाको जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य रञ्जन कार्कीले उक्त विषय उठाएका हुन् ।

गत माघ ११ देखि १३ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले निर्वाचन आयोगमा अद्यावधिकको गर्ने निर्णय गरेपनि हालसम्म हुन नसकेको प्रति कार्कीले प्रश्न उठाएका हुन्।

अद्यावधिक नगरिएको प्रति कार्कीको प्रश्न थियो,‘केन्द्रीय समिति बैठकले निर्णय गरेपछि किन निर्वाचन आयोगमा आजको दिनसम्म केन्द्रीय सदस्यहरू अध्यावधिक गरिएन ?’

राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको वृहत्तर ध्रुवीकरण पक्षधरबीच एकता भएको ३ वर्ष पुगिसकेको छ । १२ असोज २०७९ एकता भएपनि मिश्रपक्षका ४० जना नेताको नाम निर्वाचन आयोगमा हालसम्म अभिलेखीकरण गरिएको छैन ।

बुधबारदेखि जारी केन्द्रीय समितिको बैठक आज सकिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?