+

नेपाली मुवाँथाईं टोली भारत प्रस्थान

२०८२ मंसिर  २६ गते २०:५३ २०८२ मंसिर २६ गते २०:५३
नेपाली मुवाँथाईं टोली भारत प्रस्थान

२६ मंसिर, काठमाडौं । सीएसडी मुवाँथाईं फाइट टुमा सहभागी हुन ४ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली शुक्रबार भारतको त्रिपुरा प्रस्थान गरेको छ ।

डिसेम्बर १६ देखि १७ तारिखसम्म प्रतियोगितामा जितेन्द्र राई, निपेश ढुंगाना, दावा छिरिङ तामाङ र विशाल लामाले प्रतिस्पर्धा गर्ने छन् ।

प्रशिक्षकमा महेश केसी, सहायक प्रशिक्षकमा लाक्पा तामाङ र रिङ अफिसियलमा सञ्जय राई रहेका छन् ।

टोलीलाई नेपाल राष्ट्रिय मुवाँथाईं संघका अध्यक्ष गणेशलाल कक्षपतिले शुक्रबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

नेपाली मुवाँथाईं टोली सीएसडी मुवाँथाईं फाइट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय