फाइल तस्वीर
२८ मंसिर, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विधान अनुसार पार्टी चल्नु पर्ने बताएका छन् ।
आइतबारको केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष पोखरेलले भने, ‘विधान अनुसार चलौं । महासिचवले प्रस्तुत गर्नुभएको कार्यसूची अनुसार चलौं । दायाँबायाँ नगरौं ।’
‘के हाम्रो विधान अस्थायी हुन् ? जे अनुकूल हुन्छ त्यही गर्दै जाने हो ? हिजो विधान अधिवेशन अगाडि संख्या घटाउ भन्ने तपाईंहरू नै होइन ?’ पोखरेलले प्रश्न गरे ।
उनले अगाडि भने, ‘बदलिएको परिस्थितीले अंक बढाऊ भनेको होइन ? बदलिएको परिस्थितिले त हामीलाई बदलिऊ भनेर जबरजस्त सन्देश दिएको छ । के संख्या बढाएर क्षमता बढ्छ भने अस्ति हाम्रो क्षमता जचिएन ?’
दुई कार्यकालबारे पनि कुरा उठेको भन्दै नेता पोखरेलले यसबारे छलफल नहुने भन्दै प्रश्न गरे, ‘अरू बाहेक हुने ? यस्तो तर्कले हामीलाई कता पुर्याउँछ ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4