+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
0/0
VS
लुम्बिनी लायन्स 2025
0/0
Shares

एमाले महाधिवेशन : मनोनीत प्रतिनिधिको सूचीमा ईश्वर पोखरेलको असहमति

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २७ गते १४:००

२६ मंसिर, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनोनीत प्रतिनिधिहरूमा आफ्नो असहमति राखेका छन् ।

शुक्रबार बसेको पार्टी सचिवालय बैठकले १ सय ८ जना प्रतिनिधिहरू मनोनीत गर्ने निर्णय गरेको थियो ।

सोही अनुसार, शनिबार उद्घाटन सत्र सुरु हुनुअघि प्रकाशित नामावलीमा पोखरेलले आपत्ति जनाएका हुन् ।

नेताहरूका अनुसार, अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष पोखरेल दुवैले छलफलपछिमात्रै प्रतिनिधि सार्वजनिक गर्ने बताइएको थियो ।

सोही अनुसार, दुई नेताबीच शनिबार बिहान छलफलपछि टुंगो लगाउने कुराकानी पनि भएको थियो । यद्यपि, एकलौटी सूची प्रकाशित गरिएको भन्दै पोखरेलले आपत्ति जनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?