+
+
Shares

संस्थापक सेयर सीमामा राष्ट्र बैंक लचक

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २९ गते १५:३०
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर सीमा कायम गर्ने अवधि ५ वर्ष थप गरेको छ।
  • सीमा भन्दा बढी सेयर धारण गर्ने संस्थापक सेयरधनीले २०८७ असार मसान्तसम्म सीमाभित्र ल्याउनुपर्नेछ।
  • संस्थापक सेयर खरिद/बिक्री गर्दा राष्ट्र बैंकको पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था जारी गरिएको छ।

२९ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर सीमा सम्बन्धी व्यवस्थामा लचकता अपनाएको छ । बैंकले संस्थापक सेयर धारण गर्न पाउने अधिकतम सीमा कायम गर्ने अवधि ५ वर्ष थप गरेको हो ।

केन्द्रीय बैंकले सोमबार निर्देशन जारी गर्दै यसभन्दा अघि बन्देज लगाएको लाभांश वितरणको व्यवस्था पनि खुला गरेको छ । सीमा भन्दा धेरै भएको सेयर घटाउने अवधिमा ५ वर्ष थप गर्दै सो अवधिमा पनि सीमामा नल्याएको खण्डमा मात्रै लाभांश रोक्का हुने व्यवस्था केन्द्रीय बैंकले गरेको हो ।

कुनै एक बैंक तथा वित्तीय संस्थाको सेयरमा लगानी गर्दा चुक्ता पूँजीको बढीमा १५ प्रतिशत र अन्य बैंक तथा वित्तीय संस्थाहरूमा चुक्ता पुँजीको बढीमा १ प्रतिशतसम्म मात्र लगानी गर्न सकिन्छ । साथै, घ वर्गको संस्थाको हकमा २५ प्रतिशत र १० प्रतिशत कायम गरिएको छ । यस्तो लगानी सीमा नेपाल सरकार, नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाले सहायक कम्पनीमा संस्थापक भई लगानी गर्दा लागु हुनेछैन ।

सीमा भन्दा बढी सेयर धारण गर्ने संस्थापक सेयरधनीको हकमा तोकिएको सीमाभित्र नआएसम्म सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट वितरण गरिने नगद लाभांश तथा बोनस सेयर रोक्का राखी सम्बन्धित संस्थाबाट जारी गरिने हकप्रद सेयरमा सहभागी हुन बन्देज लगाइएको छ ।

साथै, त्यस्तो बैंक तथा वित्तीय संस्थालाई गाभ्न/गाभिन निर्देशन दिन सकिनेछ । तर यस निर्देशनले सम्बन्धित सेयरधनीले चाहेको खण्डमा हकप्रद सेयर हक हस्तान्तरण गर्न भने बाधा पुर्‍याएको मानिने छैन ।

यस निर्देशन जारी हुनुपूर्व तोकिएको सीमा भन्दा बढी सेयर धारण गरेका सेयरधनीले २०८७ असार मसान्तसम्म सीमाभित्र ल्याइसक्नुपर्नेछ । उक्त मितिपछि समेत सीमा कायम हुन नसकेमा लाभांश वितरण तथा हकप्रद सेयरमा सहभागी हुन रोक लगाउने व्यवस्था केन्द्रीय बैंकले गरेको हो ।

त्यसैगरी संस्थापक सेयरधनीहरूको नाममा रहेको संस्थापक सेयर विद्यमान संस्थापकबीच वा अन्य व्यक्ति वा संस्थालाई राष्ट्र बैंकको पूर्व स्वीकृतिमा खरिद/बिक्री गर्नुपर्नेछ । तर इजाजतपत्रप्राप्त संस्थाको चुक्ता पूँजीको दुई प्रतिशत वा सोभन्दा कम सेयर लिएका संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर विद्यमान संस्थापकबीच वा अन्य व्यक्ति वा संस्थालाई खरिद/बिक्री गर्नको लागि राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने छैन ।

नयाँ संस्थापकहरूले यस बैंकले तोकेको मापदण्ड र फी एण्ड प्रोपर टेस्ट व्यवस्थालाई परिपालना गरेको हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?