News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'आबाट आमा' ले १६ माघदेखि देशब्यापी प्रवर्धनलाई तीव्र तुल्याएको छ।
- कलाकार विपना थापा र पल शाहले सुदुरपश्चिम महोत्सवमा नृत्य गरी दर्शकको मन जितेका छन्।
- फिल्मले सन्तान र अभिभावकको मर्मस्पर्शी सम्बन्धको कथा भन्छ र चन्द्र पन्तले निर्देशन गरेका छन्।
काठमाडौँ । १६ माघदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘आबाट आमा’ ले देशब्यापी प्रवर्धनलाई तीव्र तुल्याएको छ । यो मेसोमा कलाकार विपना थापा र पल शाहले सुदुरपश्चिम महोत्सवमा पुगेर दर्शक फकाए ।
केही दिनअघि रिलिज भएको फिल्मको मर्मस्पर्शी गीत ‘सृष्टिको पहिलो नाम’ मा विपना र पलले हजारौं दर्शकसामु नाचे । यी दुई कलाकारको नृत्यमा दर्शक भावुक देखिन्थे ।
महोत्सवमा गाउँ गाउँबाट दर्शक ओइरिएका देखिन्थे । उनीहरूले ‘आइ लभ यू’ भन्दै विपना र पललाई स्नेहपूर्ण हुटिङ गरे ।

दशकपछि फिल्ममा फर्किएकी विपनाले दर्शकको यो मायामा खुसी व्यक्त गरिन् । यो फिल्मलाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । फिल्ममा प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट, बेगम नेपालीको पनि अभिनय छ ।
आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मले सन्तान र अभिभावकको मर्मस्पर्शी सम्बन्धको कथा भन्छ ।
प्रतिक्रिया 4