News Summary
Generated by OK AI. Editorially reviewed.- युनिभर्सल स्टुडियोले क्रिस्टोफर नोलन निर्देशित फिल्म 'द ओडिसी' को पहिलो ट्रेलर रिलिज गरेको छ।
- फिल्मले ग्रीक नायक ओडिसियसको ट्रोजन युद्धपछि घर फर्कने यात्रा देखाउँछ, जसमा म्याट डेमनले मुख्य भूमिका निर्वाह गरेका छन्।
- 'द ओडिसी' जुलाई १७ मा सिनेमा घरहरूमा प्रदर्शन हुनेछ र सम्पूर्ण छायांकन आइम्याक्स क्यामेराले गरिएको छ।
लस एन्जलस । युनिभर्सल स्टुडियोले क्रिस्टोफर नोलन निर्देशित फिल्म ‘द ओडिसी’ को पहिलो ट्रेलर रिलिज गरेको छ । यो फिल्म होमरको पौराणिक गाथाबाट प्रेरित छ ।
यो फिल्मले ग्रीक नायक ओडिसियसलाई पछ्याउँछ, जसको भूमिकामा म्याट डेमनले अभिनय गरेका छन् । उक्त पात्र ट्रोजन युद्ध पछि घर फर्कने लामो र घुमाउरो बाटो यात्रा तय गर्छ ।
युनिभर्सलले फेब्रुअरीमा डेमनको पहिलो-लुक जारी गरेका थियो । डेमनले एनी ह्याथवे, जेन्डाया, टम हल्याण्ड, लुपिता न्योङ’ओ, चार्लीज थेरोन, मिया गोथ, बेनी सफ्डी, जोन बन्र्थल, जोन लेगुइजामो र अन्यसँग अभिनय गरेका छन् ।
निर्देशनको अतिरिक्त, नोलनले पटकथा लेखेका छन् र श्रीमती एम्मा थोमससँग मिलेर फिल्म निर्माण गरेका हुन् ।
ट्रेलरमा ओडिसियस आफ्नो सेनासँगै फर्किँदा जहाज दुर्घटनाग्रस्त भएको र एक विश्वासघाती यात्राको क्रममा घर फर्किएको देखाइएको छ । उनी र उनका सिपाहीहरू कुख्यात ट्रोजन घोडा भित्र पनि देखिन्छन् ।
ओडिसियस जमिनबाट यात्रा गर्छ, समुन्द्रबाट पार गर्छ र गुफाहरू हुँदै पदयात्रा गर्छ, जसमा एउटा गुफा पनि समावेश छ जहाँ छायामा एउटा अशुभ रूपमा ठूलो जनावर देखा पर्दछ । ओडिसियसको छोरा टेलेमाकसको रूपमा टम हल्याण्ड र ओडिसियसकी पत्नी पेनेलोपको रूपमा ह्याथवेको संक्षिप्त दृश्य समावेश छन् ।
फिल्मको सम्पूर्ण छायांकन आइम्याक्स क्यामेराले खिचिएको हो । युनिभर्सलका कार्यकारी प्रमुख जिम ओरले सिनेमाकन भेलामा दर्शकले यो फिल्मलाई लिएर गर्व गर्न सक्ने बताए ।
उनले भने, ‘दर्शकले एक दूरदर्शी, एक पुस्तामा एकपटक आउने सिनेमायी उत्कृष्ट कृतिरुपमा यसप्रति गर्व गर्न सक्नेछन् ।’ नोलनको सबैभन्दा पछिल्लो ब्लकबस्टर ‘ओपेनहाइमर’ थियो, जसले सन् २०२४ मा सात विधामा अस्कर जित्यो ।
“द ओडिसी’ जुलाई १७ मा सिनेमा घरहरूमा आउँदैछ ।
प्रतिक्रिया 4