+

यस्तो छ साफ फुटसल च्याम्पियनसिपको खेलतालिका

२०८२ पुष  १३ गते १८:३४ २०८२ पुष १३ गते १८:३४
यस्तो छ साफ फुटसल च्याम्पियनसिपको खेलतालिका

News Summary

Generated by OK AI. Editorially reviewed.
  • थाइल्यान्डमा हुने साफ फुटसल च्याम्पियनसिप २०२६ मा नेपालका पुरुष र महिला दुवै टिमले श्रीलंकासँग पहिलो खेल खेल्नेछन्।
  • नेपालको पुरुष टिमले १६ जनवरीमा र महिला टिमले १३ जनवरीमा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछन्।
  • साफ फुटसल च्याम्पियनसिप पहिलोपटक दक्षिण एसिया बाहिर थाइल्यान्डमा आयोजना हुँदैछ र सातै देशका पुरुष र महिला टोली सहभागी छन्।

१३ पुस, काठमाडौं । थाइल्यान्डमा हुने साफ फुटसल च्याम्पियनसिप २०२६ को पहिलो खेलमा नेपालको पुरुष र महिला दुवै टिमले श्रीलंकासँग खेल्ने भएको छ ।

आउँदो जनवरी १३ देखि हुने प्रतियोगिताका लागि साफले जारी गरेको खेलतालिका अनुसार नेपाली पुरुष टिमले १६ जनवरीमा श्रीलंकासँग खेल्नेछ । महिला टिमले १३ जनवरीमा श्रीलंकासँगै खेल्नेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा महिलातर्फ १३ जनवरीमा माल्दिभ्स र भारत खेल्ने छन् भने पुरुषतर्फ १४ जनवरीमा श्रीलंका र भुटान खेल्ने छन् ।

पुरुषतर्फ नेपालले त्यसपछि भारतसँग १८ जनवरीमा, पाकिस्तानसँग २० जनवरी, माल्दिभ्ससँग २२ जनवरी, बंगलादेशसँग २४ जनवरी र भुटानसँग २६ जनवरीमा खेल्नेछ ।

महिलातर्फ १५ जनवरीमा माल्दिभ्स, १७ जनवरीमा भारत, १९ जनवरीमा बंगलादेश, २१ जनवरीमा पाकिस्तान तथा २५ जनवरीमा भुटानसँग खेल्नेछ ।

प्रतियोगिताका लागि नेपाली पुरुष र महिला टिमको घोषणा पनि भइसकेको छ ।

पहिलोपटक आयोजना हुन लागेको साफ फुटसल च्याम्पियनसिपमा दक्षिण एसियाका सातै देशका पुरुष र महिला टोली सहभागी हुनेछन्।

साथै, साफको इतिहासमा दक्षिण एसिया बाहिर आयोजना हुन लागेको यो पहिलो प्रतियोगिता हो, जसमा महिला र पुरुष दुवैको प्रतियोगिता थाइल्यान्डमै हुनेछ।

साफ फुटसल च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय