+
+
Shares

ट्याटु हाउसमा युवक मृत फेला

डीएसपी राजकुमार सिंहका अनुसार सटरभित्र सुमन चौधरी मृत फेला परेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १५ गते १३:३३

१५ पुस, धनगढी । कैलालीको बर्दगोरिया गाउँपालिका-२ बौनियामा ट्याटु हाउसभित्र एक युवक मृत फेला परेका छन् ।

स्थानीय दिलीप ढुंगानाको घरमा सटर भाडामा लिएर ट्याटु हाउस सञ्चालन गर्दै आएका भजनी नगरपालिका-८ का अन्दाजी २५ वर्षीय सुमन चौधरी मृत भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले चौधरी सटरभित्र मृत अवस्थामा फेला परेको बताए ।

उनी झुन्डिएको अवस्थामा भेटिए पनि अहिले आफन्त आइरहेकोले थप अनुसन्धान त्यसपछि मात्र अघि बढाइने डीएसपी सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?