+

रास्वपा समानुपातिक सूचीमा दलितबाट डा. रुपक घिमिरे पहिलो नम्बरमा

२०८२ पुष  १५ गते १३:०२ २०८२ पुष १५ गते १३:०२

डा. घिमिरे पेसाले छाला रोग विशेषज्ञ हुन् । उनी काठमाडौं विश्वविद्यालयबाट एमबीबीएस र एमडी गरेका चिकित्सक हुन् ।

रास्वपा समानुपातिक सूचीमा दलितबाट डा. रुपक घिमिरे पहिलो नम्बरमा

१५ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्द सूचीमा दलित पुरुष क्लस्टरतर्फ डा. रुपक घिमिरे पहिलो नम्बरमा परेका छन् ।

डा. घिमिरे पेसाले छाला रोग विशेषज्ञ हुन् । उनी काठमाडौं विश्वविद्यालयबाट एमबीबीएस र एमडी गरेका चिकित्सक हुन् ।

हेयर ट्रान्सप्लान्ट (कपाल प्रत्यारोपण) मा विशेषज्ञता हासिल गर्न उनले भारत र कोरियाबाट तालिम लिएका छन् । उनले सात वर्ष काठमाडौं मेडिकल कलेज, सिनामंगलमा सहायक प्राध्यापकका रूपमा काम गरेका थिए ।

हाल उनी दरबारमार्गमा सञ्चालित आभरण स्किन क्लिनिकका सञ्चालक हुन् ।

घिमिरे यसअघि नेपाल मेडिकल काउन्सिलका निर्वाचित सदस्य समेत हुन् ।

२०११ मा मिस्टर नेपालको उपाधि जितेका घिमिरे त्यतिबेला आयुष्मान घिमिरेका नामले चर्चित थिए । उनी रास्वपाको केन्द्रीय अभियान विभागका सदस्य तथा तनहुँ–काठमाडौं सम्पर्क मञ्चका संयोजक हुन् । घिमिरे तनहुँको आँबुखैरेनी गाउँपालिका–३ जन्मिएका हुन् ।

डा. घिमिरेले मेडिकल क्षेत्रमा लामो अनुभवका साथै सामाजिक कार्यमा पनि सक्रिय छन् । उनी ‘हामी नेपाल’ संस्थाका संस्थापक उपसभापति समेत हुन् ।

डा. रुपक घिमिरे रास्वपा समानुपातिक बन्द सूची
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय