+
+
Shares

रास्वपाले समानुपातिक बन्द सूची सच्याउने

रास्वपाको पार्टी सचिवालयले बुधबार एक सूचना जारी गर्दै समानुपातिक बन्द सूचीप्रति विभिन्न सरोकारवालाहरूबाट प्राप्त सुझावलाई मध्य नजर राख्दै सूचीमा देखिएको त्रुटि सच्याउने जनाएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १६ गते १८:१८

१६ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २१ फागुनको प्रतिनिधिसभा चुनावका लागि निर्वाचन आयोगमा पेस गरेको समानुपातिक बन्द सूची सच्याउने भएको छ ।

रास्वपाको पार्टी सचिवालयले बुधबार एक सूचना जारी गर्दै समानुपातिक बन्द सूचीप्रति विभिन्न सरोकारवालाहरूबाट प्राप्त सुझावलाई मध्य नजर राख्दै सूचीमा देखिएको त्रुटि सच्याउने जनाएको हो ।

निर्वाचन आयाेगमा बुझाएकाे समानुपातिक उम्मेदवारकाे बन्दसूचीलाई लिएर असन्तुष्टि बढेपछि बन्द सूची सच्याउने तयारी रास्वपाले गरेको हो ।

‘बन्दसूचीमा रहेका त्रुटिहरू सच्याउन निर्वाचन आयोगद्वारा दिइएको समयसीमाभित्र पार्टीले कुनै त्रुटि देखिएमा सुधार गरी समयमै पेस गर्ने जानकारी गराइन्छ । अतः बन्दसूचीमा सच्याउनुपर्ने विषयमा १७ पौष बिहान १० बजेभित्र यथोचित सुझाव प्रदेश सभापति मार्फत् वा सिधै पार्टी केन्द्रीय कार्यालयमा बुझाउन सकिने छ,’ सूचनामा भनिएको छ ।

समय अभावलाई मध्यनजर गर्दै अन्तिम समयमा गर्नुपर्ने राजनीतिक संवाद र सहमतिका कारणले यस प्रक्रियामा कुनै कमीकमजोरीहरू देखिएमा सच्याउन पाइने समयको सदुपयोग गरिने रास्वपाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?