+

बालगोपाल साहुखल सातदोबाटोको मुख्य प्रशिक्षक नियुक्त

२०८२ पुष  २० गते ११:३० २०८२ पुष २० गते ११:३०
बालगोपाल साहुखल सातदोबाटोको मुख्य प्रशिक्षक नियुक्त

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सातदोबाटो युथ क्लबले राष्ट्रिय लिग फुटबल प्रतियोगिताका लागि बालगोपाल साहुखललाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ।
  • बालगोपाल साहुखल एएफसी ए लाइसेन्स प्रशिक्षक हुन् र हाल अस्ट्रेलियामा एएफसी प्रो लाइसेन्स कोर्स गरिरहेका छन्।
  • सातदोबाटोले साहुखलको अनुभवले नेपाली फुटबलको विकासमा सहयोग पुर्‍याउने विश्वास राखेको छ।

२० पुस, काठमाडौं । आसन्न राष्ट्रिय लिग फुटबल प्रतियोगिताका लागि सातदोबाटो युथ क्लबले बालगोपाल साहुखललाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

एएफसी ए लाइसेन्स प्रशिक्षक तथा हाल अस्ट्रेलियामा एएफसी प्रो लाइसेन्स कोर्स गरिरहेका बालगोपाललाई सातदोबाटोले राष्ट्रिय लिगका लागि अनुबन्ध गरेको हो ।

साहुखललाई अनुबन्ध गर्दै सातदोबाटोले उनले अनुभवले नेपाली फुटबलको विकासमा सहयोग पुर्‍याउने विश्वास राखेको छ ।

राष्ट्रिय लिगका लागि सातदोबाटोले नेपाली लिग खेलेका अनुभवी खेलाडीहरु अनुबन्ध गर्दै टिम तयार पारेको छ ।

बालगोपाल साहुखल सातदोबाटो युथ क्लब
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय