News Summary
Generated by OK AI. Editorially reviewed.- २६ पुसमा काठमाडौंमा राष्ट्रिय रेशम सम्मेलन आयोजना गरिने घोषणा गरिएको छ।
- सम्मेलनमा सरकार, निजी क्षेत्र, बैंक, लगानीकर्ता, गैरआवासीय नेपाली, किसान र उद्यमीहरूलाई एकीकृत गरिनेछ।
- ह्यान्डलुम फ्याब्रिक्क मेकर्स अफ नेपालका अध्यक्ष रोशन कुमार पोखरेलले रेशम उद्योग दीर्घकालीन उपेक्षा र लगानीको कमीले सञ्चालनमा नरहेको बताए।
२१ पुस, काठमाडौं । रेसम उद्योगलाई दिगो राष्ट्रिय उद्योगका रूपमा पुनर्स्थापना गर्ने लक्ष्यसाथ ‘राष्ट्रिय रेसम सम्मेलन’ हुने भएको छ ।
ह्यान्डलुम फ्याब्रिक मेकर्स अफ नेपाल र रेसम विकास केन्द्रको सहकार्यमा सम्मेलन हुने भएको हो । सोमबार राजधानीमा एक कार्यक्रम आयोजना गरी २६ पुसमा काठमाडौंमा रेसम सम्मेलन आयोजना गर्ने घोषणा गरिएको हो ।
सम्मेलनमा सरकार, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, लगानीकर्ता, गैरआवासीय नेपाली, विकास साझेदार, किसान, सहकारी, उद्यमी तथा निर्यातकर्तालाई एउटै मञ्चमा एकीकृत गरिने समेत कार्यक्रममा जानकारी दिइयो ।
ह्यान्डलुम फ्याब्रिक मेकर्स अफ नेपालका अध्यक्ष रोशनकुमार पोखरेलले नेपालमा अहिले रेसम उद्योग सञ्चालनमा नरहेको बताए । यसको कारण सम्भावना अभाव नभई दीर्घकालीन उपेक्षा, विखण्डन र लगानीको कमी रहेको उनको भनाइ छ ।
‘विश्व बजारमा दिगो तथा प्राकृतिक बन्न माग बढिरहेका बेला अब रेसमलाई बेवास्ता गर्न सकिँदैन,’ उनले भने ।
प्रतिक्रिया 4