२२ पुस, काठमाडौं । काठमाडौंंको कोटेश्वरमा पनि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको पुत्ला जलाइएको छ ।
कांग्रेस नेता विमलेन्द्र निधिविरुद्ध दुर्व्यवहार भएको भन्दै उनीहरूले महामन्त्री थापाको पुत्ला जलाएका हुन् ।
कांग्रेसको पार्टी कार्यालय सानेपामा आज नेता निधिमाथि दुर्व्यवहार भएको भन्दै उनी समर्थित युवाहरूले जनकपुरमा पनि प्रदर्शन गरेका थिए ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सहभागी हुन सानेपा पुगेका नेता विमलेन्द्र निधि र कार्यालयमा प्रदर्शनरत समूहबीच चर्काचर्की भएको थियो ।
पार्टी केन्द्रीय कार्यालय घेराउका लागि पुगेका विशेष पक्षधर केही कार्यकर्ताहरूले नेता निधि लिंक रोडबाट भित्रिने क्रममा क्रममा अवरोध पुर्याएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4