+
+
Shares

हुम्लाबाट ८ जनाको उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १८:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हुम्लामा आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८ जनाले मनोनयन दर्ता गरेका छन्।
  • नेपाली कांग्रेसबाट जयपति रोकाया, नेकपा एमालेबाट दल फडेरा, र नेकपा माओवादीबाट कूम्भ बुढाले मनोनयन दर्ता गरेका छन्।
  • प्रगतिशील लोकतान्त्रिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र मितेरी नेपाल पार्टीका उम्मेदवारले पनि मनोनयन दर्ता गरेका छन्।

६ माघ, हुम्ला । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुन हुम्लामा ८ जनाले मनोनयन दर्ता गरेका छन् ।

नेपाली कांग्रेसबाट जयपति रोकाया, नेपाली कम्युनिस्ट पार्टीबाट डा. दीपेन्द रोकाया, नेकपा एमालेबाट दल फडेराले मनोनयन दर्ता गरेका छन् ।

यस्तै, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट जटिक कार्की, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट छक्क बुढा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट टासी ल्हान्जोमले मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालले जानकारी दिए ।

नेत्रविकम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीबाट कूम्भ बुढा र मितेरी नेपाल पार्टीबाट जयबहादुर शाहीले उम्मेदवारको मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?