+
+
Shares

रुपन्देहीका ५ क्षेत्रमा १५९ जनाको उम्मेदवारी

राजनीतिक दलहरूबाट ९४ जना र ६५ जनाले स्वतन्त्र रुपमा मनोनयन दर्ता गरेका छन् । 

टोपराज शर्मा टोपराज शर्मा
२०८२ माघ ६ गते २१:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रुपन्देहीका ५ निर्वाचन क्षेत्रमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा १५९ जनाले उम्मेदवारी दर्ता गरेका छन्।
  • राजनीतिक दलबाट ९४ र स्वतन्त्रतर्फ ६५ जनाले मनोनयन दर्ता गरेका छन्।
  • क्षेत्र नम्बर १ देखि ५ सम्म उम्मेदवार संख्या र मतदाता विवरण निर्वाचन कार्यालयले सार्वजनिक गरेको छ।

६ माघ, बुटवल । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देहीका ५ निर्वाचन क्षेत्रमा १५९ जनाको उम्मेदवारी परेको छ ।

जिल्ला निर्वाचन कार्यालय रुपन्देहीकी प्रमुख निर्वाचन अधिकारी कल्पना अर्यालका अनुसार राजनीतिक दलहरूबाट ९४ जना र ६५ जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

रुपन्देही क्षेत्र नम्बर १ मा ३२ जना, क्षेत्र नम्बर २ मा ४१ जना, क्षेत्र नम्बर ३ मा ३६ जना, क्षेत्र नम्बर ४ मा २२ जना र क्षेत्र नम्बर ५ मा २८ जनाले मनोनयन दर्ता गराएका छन् ।

कार्यालयका अनुसार स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गर्नेहरूमा क्षेत्र नम्बर १ मा १२, २ मा २०, ३ मा १७, ४ मा ७ र ५ मा ९ जना गरी ६५ जना रहेका छन् । ९४ जनाले दलबाट उम्मेदवारी दिएका छन । उम्मेदवारी दिएका मध्ये महिलाको संख्या न्यून छ ।

निर्वाचन आयोगले तोकेको मनोनयनको समयमा दल र स्वतन्त्रले सम्बन्धित निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।

क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट हिराबहादुर केसी, एमालेबाट दधिराम न्यौपाने, रास्वपाबाट सुनिल लम्साल, राप्रपाबाट प्रज्ज्वल बोहरा, नेकपाबाट घनश्याम यादव, जसपाबाट मोहम्मद अस्लम खाँन लगायतको उम्मेदवारी परेको छ । यहाँ १ लाख ४६ हजार ८ सय २४ जना मतदाता छन् ।

यस्तै, क्षेत्र नम्बर २ बाट नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेल, नेपाली कांग्रेसबाट चुन्नप्रसाद शर्मा पौडेल, रास्वपाबाट सुलभ खरेल, नेकपाबाट विश्वदीप पाण्डे, राप्रपाबाट कर्भिका थापा, जसपाबाट दीपक गुरुङ लगायतको उम्मेदवारी परेको छ ।

नेपाली जनता दलबाट राजु पौडेल, जनसेवा पार्टीबाट निकोलस भनिने डा. कमल भुसाल, राष्ट्रिय जनमोर्चाबाट रुकबहादुर पराजुली, जनता समाजवादी पार्टी नेपालबाट दिपक गुरुङ, नेकपा माओवादीबाट वीरेन्द्र विक, राष्ट्रिय जनमुक्ति पार्टीबाट केशवबहादुर थापा, श्रम संस्कृति पार्टीबाट भीमबहादुर गौतम, समावेशी समाजवादी पार्टीबाट देवेन्द्रबहादुर खत्री, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट नारायणप्रसाद नागिला, मंगोल नेसनल अर्गनाइजेनबाट चन्द्रकुमारी गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रोशिना ब्यन्जु र नेसनल रिपब्लिक नेपालबाट थम्मनबहादुर बुढा मगरले मनोनयन दर्ता गरेका छन् ।

यस्तै, स्वतन्त्रबाट हालै मात्र श्रम संस्कृति पार्टी परित्याग गरेकी लुम्बिनी प्रदेश सहसंयोजक सुशीला पुलामी मगर लगायत उम्मेदवार रहेका छन् । यहाँ १ लाख ३५ हजार ५० मतदाता रहेका छन् ।

क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसबाट सुशील गुरुङ, एमालेबाट बासुदेव घिमिरे, रास्वपाबाट डा. लेखजंग थापा, राप्रपाबाट गौरब बोहरा, नेकपाबाट फैज अहम्मद खाँ, जसपा नेपालबाट श्रीनिवास यादव लगायतको उम्मेदवारी परेको छ । यहाँ १ लाख ४० हजार ३५ रहेका छन ।

क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसबाट आशुतोष मिश्र, एमालेबाट प्रमोदकुमार यादव, रास्वपाबाट कन्हैया बनियाँ, जनमत पार्टीबाट केन्द्रीय सचिव भोपेन्द्र यादव, जसपा नेपालबाट सर्वेन्द्रनाथ शुक्ल, नेपाली कम्युनिष्ट पार्टीबाट बावुलाल यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अनिउद्दिन खान लगायतले उम्मेदवारी दर्ता गराएका छन् । यहाँ १ लाख १६ हजार १ सय ७२ मतदाता छन् ।

क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसबाट भरतकुमार शाह, एमालेबाट खिमलाल भट्टराई, रास्वपाबाट तौफिक अहमद खाँ, नेकपाबाट मोहम्मद वकिल मुसलमान, राप्रपाबाट मिनप्रसाद घिमिरे, जसपा नेपालबाट मोहम्मद वहिद फकिर लगायतको उम्मेदवारी परेको छ । यहाँ १ लाख ३४ हजार ४ सय ४२ मतदाता रहेका छन ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?