+
+
Shares

आइसल्यान्ड पठाउने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका–१ घर भएका ३१ वर्षीय रोजबहादुर श्रेष्ठ छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ८ गते १७:५६
प्रतीकात्मक तस्वीर

८ माघ, काठमाडौं । आइसल्यान्डमा कुकको काममा पठाउने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका–१ घर भएका ३१ वर्षीय रोजबहादुर श्रेष्ठ छन् । उनलाई कागेश्वरी मनोहराबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनले एक जनालाई कुकको काममा आइसल्यान्ड पठाउने भन्दै १२ लाख ४० हजार ठगी गरेको आरोप छ । पक्राउ परेका उनलाई वैदेशिक रोजगार विभाग ताहचल पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?