+
+
Shares

फागुन ७ मा जनकपुरमा कांग्रेसको आमसभा

नेपाली कांग्रेसले फागुन ७ गते जनकपुरमा आमसभा गर्ने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ११ गते १८:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले प्रजातन्त्र दिवसको अवसरमा फागुन ७ गते जनकपुरमा ऐतिहासिक आमसभा गर्ने निर्णय गरेको छ।
  • कांग्रेसका केन्द्रीय सभापति गगनकुमार थापालगायत केन्द्रीय नेताहरूले सो सभालाई सम्बोधन गर्नेछन्।
  • माघ १६ गते गर्ने भनिएको सभा निर्वाचन आचारसंहिताका कारण स्थगित भएको थियो।

११ माघ, काठमाडौं । नेपाली कांग्रेसले फागुन ७ गते जनकपुरमा आमसभा गर्ने भएको छ । प्रजातन्त्र दिवसको अवसरमा कांग्रेसले जनकपुरमा सभा गर्न लागेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

‘त्याग र समर्पणको पवित्र भूमि- शहीद नगरी जनकपुरधाममा ऐतिहासिक आमसभा, नेपाली कांग्रेसका केन्द्रीय सभापति गगनकुमार थापालगायत केन्द्रीय नेताहरूबाट सम्बोधन हुने विशेष आमसभा प्रजातन्त्र दिवस फागुन ७ गते तय गरिएको छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

यसअघ माघ १६ गते गर्ने भनेको कांग्रेसको सभा निर्वाचन आचारसंहिताका कारण स्थगित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?