+
+
Shares

कांग्रेसले भन्यो : सुधारिएर चुनावमा होमिएका छौं

नेपाली कांग्रेसले सुधारिएको कांग्रेस लिएर चुनावमा होमिएको बताएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १३ गते १६:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले सुधारिएको कांग्रेस लिएर चुनावमा होमिएको र विवाद टुंग्याएर आधिकारिक उम्मेदवारलाई सहयोग गर्न तयार भएको बताएको छ।
  • प्रवक्ता देवराज चालिसेले टिकट वितरणमा विवाद नभएको र टिकट नपाउने नेताहरूलाई सम्मानित भूमिकामा राखिएको जानकारी दिनुभयो।
  • कांग्रेसले राष्ट्रिय झन्डाको दुरुपयोग रोक्न र राजनीतिक दलको प्रतिस्पर्धामा झन्डा प्रयोग नगर्न सचेत हुन निर्देशन दिएको छ।

१३ माघ, काठमाडौं । नेपाली कांग्रेसले सुधारिएको कांग्रेस लिएर चुनावमा होमिएको बताएको छ । पार्टीको केन्द्रीय प्रचारप्रसार समितिको आयोजना र नेपाल प्रेस युनियनको संयोजनमा केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराइएको हो ।

‘उम्मेदवारीमै कांग्रेस सुधारिएको भन्ने कुरा प्रस्तुत गरेका छौँ । केही साथीहरूले विद्रोह गर्नु भएको थियो,’ प्रवक्ता देवराज चालिसेले भने, ‘उहाँहरूसँग बीचमा सरसल्लाह गरेर विवाद टुंग्याइएको छ । आधिकारिक उम्मेदवारलाई नै सहयोग गर्न उहाँहरू तयार हुनु भएको छ।’

पार्टीमा अहिले विवाद नभएको उनको दाबी छ । ‘टिकट वितरणमै हामीले विशेष महाधिवेशनको पक्षमा भएको/नभएको नभनी यसलाई समाधान गरिसकेका छौँ,’ उनले भने, ‘टिकट नपाउने नेताहरू पनि धेरै छन् । उनीहरू सम्मानित भूमिकामा छन् । केही छुटेको भन्ने महसुस भएको छ । आगामी दिनमा यस्ता गल्तीलाई नदोहोर्‍याउने हाम्रो प्रयास छ ।’

त्यस्तै उनले पार्टीको प्रचारप्रचार समितिलाई वडा तहसम्म पुर्‍याउने गरी काम भइरहेको पनि बताए । पार्टी निर्वाचनमा केन्द्रित भएको र आचारसंहिता पूर्ण पालना गर्ने गरी काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको चालिसेको भनाइ छ ।

कांग्रेसले विभिन्न पार्टीको कार्यक्रमहरूमा राष्ट्रिय झन्डाको प्रयोग भन्दा दुरुपयोग भएको भन्दै सचेत हुनुपर्ने बताएको छ ।

‘राष्ट्रिय झन्डामा राजनीतिकरण धेरै भयो ।दुरुपयोग भइरहेको छ यस्तो नहोस् । राजनीतिक दलको प्रतिस्पर्धामा राष्ट्रिय झन्डा प्रयोग नगर्न र मर्यादा राख्न भनेका छौँ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?