+
+
Shares

संसद् विघटनको मुद्दामा साधारण तारेख तोकिनु अर्थहीन : ओली

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ९ गते १३:५३

९ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतबाट साधारण तारेख तोकिएकोप्रति आपत्ति जनाएका छन् ।

श्निबार झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले साधारण तारेख तोकिनु व्यवहारिक रुपमा अर्थहीन र प्रयोजनहीन भएको आरोप लगाए ।

‘सर्वोच्च अदालतले त्यत्रो संवैधानिक प्रश्नमा, मुलुक यस्तो जटिलतामा फसेको बेला सम्मानित सर्वोच्च अदालतबाट फैसला समयमा आउनपर्थ्यो,’ ओलीले भने, ‘निर्वाचनपछि यस मुद्दासम्बन्धी साधारण तारेख व्यवहारिक रुपमा अर्थहीन छ । प्रयोजनहीन छ ।’

सैद्धान्तिक रुपमा पनि भोलिका दिनमा एउटा नजिर बस्ने बताउँदै समयमै न्याय सम्पादन नहुनु म्याद गुज्रिएको औषधिजस्तो हुने जिकिर गरे ।

‘सैद्धान्तिक रुपमा भोलिका लागि सिद्धान्त प्रतिपादन होला । एउटा नजिर त बस्ला । तर, न्याय अर्थपूर्ण हुनुपर्छ । म्याद गुज्रिएको औषधिजस्तो, म्याद गुजारिएको न्याय डेट एक्सपायर्ड हुन्छ,’ ओलीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?