+
+
Shares

निर्वाचन सुरक्षा अनुगमनमा सशस्त्रले २३ एसएसपी खटाउने

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १० गते १७:०४

१० फागुन, काठमाडौं । निर्वाचन सुरक्षा अनुगमनका लागि सशस्त्र प्रहरी बलले २३ एसएसपीलाई खटाउने भएको छ ।

सशस्त्र हेडक्वाटर हल्चोकले भोलि सोमबारदेखि २३ एसएसपीलाई अनुगमनका लागि खटाउन लागेको हो ।

उपत्यकाबाट खटिन लागेका अधिकृतहरुलाई प्रधान कार्यालय र प्रदेश स्थित बाहिनी मुख्यालयबाट खटिन लागेका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई भर्चुअल माध्यमबाट आज आइतबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यायले  विशेष निर्देशन दिएका छन् ।

उनले निर्वाचनको समय अगावै, निर्वाचको समय र निर्वाचन पश्चातको समयमा आउन सक्ने जस्तोसुकै खराब अवस्थाको सामना गरी निर्वाचन सम्पन्न गराउन निर्देशन दिएका छन् ।

महानिरीक्षक अर्यालले निर्वाचनको समयमा जस्तोसुकै चुनौतीहरू आईपर्न सक्ने भएको हुँदा सो अवधिभर उम्मेदवार, मतदान केन्द्र, मतदाताहरू र व्यालेट बक्सको सुरक्षामा थप सशक्त भएर लाग्न निर्देशन दिएका छन् ।

निर्वाचनको समयमा सुरक्षासँग सम्बन्धित सूचना संकलन, सबै तहका कामण्डरहरूसँग समन्वय, सबै उम्मेदवारहरूसँग सम्पर्कमा रहन तथा फिल्डमा भएका कमीकमजोरी र तत्काल गर्नुपर्ने काम बारे जतिसक्दो छिटो मुख्यालयमा जानकारी गराउनको साथै निर्वाचन प्रहरीहरूलाई सभ्य र नम्र व्यवहार गर्न तथा उनीहरूको सेवा सुविधमा कुनै पनि प्रकारको गुनासो नआउने गरी कार्य गर्न समेत निर्देशन दिए ।

सीमा क्षेत्रको अनुगमन, निर्वाचनको समयममा बल प्रयोग गर्नु परेमा मानवअधिकारको संरक्षण र पूर्ण पालना गर्दै बल प्रयोगको समयमा आवश्यक प्रमाण राख्न समेत उनले निर्देशन दिएका छन् ।

निर्वाचन बिथोल्न खोज्नेहरूको पहिचाहन गरी सोही अनुसारको रणनीति बनाउन र कानुन अनुसारको बल प्रयोग गर्न मातहत सबै तहका कमान्डरहरूलाई स्पष्ट हुन समेत महानिरीक्षक अर्यालले निर्देशन दिए ।

सोमबारबाट देशका ७७ वटै जिल्लामा अनुगमनमा जाने बरिष्ठ अधिकृतहरूले फिल्ड र मुख्यालय बीच समन्वयात्मक भूमिका समेत निर्वाह गर्ने सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी बिष्णुप्रसाद भट्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?