News Summary
Generated by OK AI. Editorially reviewed.- इटाली महिला क्रिकेट टोलीकी खेलाडीले महिला क्रिकेट समन्वयक प्रबथ एक्नेलिगोडामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी छन्।
- इटाली क्रिकेट बोर्डले एक्नेलिगोडालाई सबै जिम्मेवारीबाट तत्काल निलम्बन गरेको छ र संघीय सरकारी वकिलमार्फत अनुसन्धान भइरहेको छ।
- बोर्ड अध्यक्ष र छ जना सदस्यले राजीनामा दिएका छन् तर ती राजीनामा यौन दुर्व्यवहार आरोपसँग सम्बन्धित नभएको बोर्डले जनाएको छ।
१२ फागुन, काठमाडौं । इटालियन क्रिकेटमा यौन दुर्व्यवहारको आरोप सार्वजनिक भएपछि तरंग पैदा भएको छ। इटाली महिला क्रिकेट टोलीकी एक खेलाडीले महिला क्रिकेट समन्वयक प्रबथ एक्नेलिगोडामाथि आरोप लगाएकी हुन्।
आरोपपछि इटाली क्रिकेट बोर्ड (एफसीआरआई) ले एक्नेलिगोडालाई सबै जिम्मेवारीबाट तत्काल निलम्बन गरेको जनाएको छ। बोर्डका अनुसार घटनाबारे संघीय सरकारी वकिलमार्फत अनुसन्धान भइरहेको छ।
एफसीआरआईले विज्ञप्ति जारी गर्दै खेलाडीहरूको सुरक्षा र खेल वातावरणको शुचितालाई ध्यानमा राख्दै सावधानीपूर्वक निलम्बन गरिएको स्पष्ट पारेको छ। साथै, निष्पक्ष अनुसन्धान र कानुनी प्रक्रियालाई सम्मान गरिने जनाएको छ।
बीबीसी स्पोर्टका अनुसार एक्नेलिगोडाका वकिलले आरोप अस्वीकार गर्दै यसमा अन्य उद्देश्य रहेको दाबी गरेका छन्। यस विषयमा उनीसँग प्रतिक्रिया लिन प्रयास भइरहेको जनाइएको छ।
एफसीआरआईका मिडिया प्रबन्धक राकबिर हसनका अनुसार निलम्बन कायम रहे पनि एक्नेलिगोडा हालै सम्पन्न टी–२० विश्वकपका क्रममा टोलीसँगै थिए। तर उनी कुनै आधिकारिक भूमिकामा नरहेको दाबी गरिएको छ।
यता बोर्डभित्र पनि पछिल्लो समय अस्थिरता देखिएको छ। अध्यक्ष मारिया लोरेना हाज पाज विश्वकपपछि पदमुक्त भएकी छन् भने प्रमुख कार्यकारी अधिकृत लुका ब्रुनो मलास्पिनासहित छ जना बोर्ड सदस्यले राजीनामा दिएका छन्। यसले संघीय परिषद् नै विघटन भएको बताइएको छ। यद्यपि बोर्डका अनुसार यी राजीनामा यौन दुर्व्यवहार आरोपसँग सम्बन्धित छैनन्।
इटालीको पुरुष क्रिकेट टोलीले हालै सम्पन्न टी–२० विश्वकपमा ऐतिहासिक सहभागिता जनाएको थियो। प्रतियोगितामा इटालीले नेपालविरुद्ध १० विकेटको प्रभावशाली जित निकालेको थियो भने इंग्ल्यान्डसँग बलियो प्रदर्शन गरेपनि २४ रनले पराजित हुँदै सुपर ८ मा पुग्न असफल भएको थियो।
प्रतिक्रिया 4