News Summary
Generated by OK AI. Editorially reviewed.- स्पेनिस क्लब एट्लेटिको मड्रिडले एलेक्जेन्डर सोर्लोथको ह्याट्रिक मद्दतमा क्लब ब्रूगलाई ४-१ ले हराउँदै युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ।
- पहिलो लेगमा ३-३ को बराबरी खेलेका यी टोलीले समग्रमा एट्लेटिको ७-४ ले विजयी भएको छ।
- इंग्लिस क्लब न्युकासल युनाइटेडले काराबागलाई ३-२ ले हराउँदै समग्रमा ९-३ को जितसहित अन्तिम १६ मा प्रवेश गरेको छ।
१३ फागुन, काठमाडौं । एलेक्जेन्डर सोर्लोथको ह्याट्रिक मद्दतमा स्पेनिस क्लब एट्लेटिको मड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।
गएराति भएको प्लेअफको दोस्रो लेगमा क्लब ब्रूगलाई ४-१ ले हराउँदै एट्लेटिको अन्तिम १६ मा प्रवेश गरेको हो । सोर्लोथको ह्याट्रिकसँगै जोनी कार्डोसोले पनि एक गोल गरे । ब्रूगका जोल ओर्डोनेजले एक गोल गरे ।
खेलको २३औं मिनेटमा सोर्लोथले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । ३६औं मिनेटमा ओर्डोनेजले ब्रूगका लागि बराबरी गोल फर्काए ।
दोस्रो हाफको ४८औं मिनेटमा कार्डोसोले गोल गर्दै एट्लेटिकोलाई अग्रतामा ल्याए । ७६औं र ८७औं मिनेटमा सोर्लोथले गोल गर्दै ह्याट्रिक पूरा गरे ।
पहिलो लेगमा यी दुई टोलीले ३-३ गोलको बराबरी खेलेका थिए । समग्रमा एट्लेटिको ७-४ ले विजयी भयो ।
इंग्लिस क्लब न्युकासल युनाइटेड पनि अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको खेलमा काराबागलाई ३-२ ले हराउँदै समग्रमा ९-३ को जितसहित न्युकासल अन्तिम १६ मा पुगेको हो ।
न्युकासलले पहिलो लेग ६-१ ले जितेको थियो ।
यस्तै बायर लेभरकुसेन पनि ओलम्पियाकसलाई समग्रमा २-० ले हराउँदै अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति दोस्रो लेगमा गोलरहित बराबरी भएपनि पहिलो लिग लेभरकुसेनले २-० ले जितेको थियो ।
प्रतिक्रिया 4