News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद श्रद्धा कुँवर क्षेत्रीले नयाँ सरकारले विकास र बजेट विनियोजन देशभर सन्तुलित रुपमा गर्नुपर्ने बताइन्।
- उनले लुम्बिनी, कर्णाली र सुदूरपश्चिमजस्ता पिछडिएका क्षेत्रका सम्भावनालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन्।
- सांसद कुँवरले सबै क्षेत्रलाई बराबर रुपमा हेर्नु राज्यको दायित्व रहेको उल्लेख गरिन्।
५ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नवनिर्वाचित सांसद श्रद्धा कुँवर क्षेत्रीले नयाँ सरकारले विकास र बजेट विनियोजन गर्दा देशभर सन्तुलित रुपमा गर्नुपर्ने बताएकी छिन् ।
बिहीबार नवनिर्वाचित प्रतिनिधिसभाका समानुपातिकतर्फका सांसदहरूलाई शपथ ग्रहण गराइएको थियो ।
शपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेकी हुन् ।
उनले लुम्बिनी प्रदेशसँगै कर्णाली र सुदूरपश्चिम जस्ता पिछडिएका क्षेत्रका सम्भावनालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन् ।
सबै क्षेत्रलाई समान रूपमा हेर्नु राज्यको दायित्व रहेको उनको भनाइ छ ।
‘हामी समग्र देशको लागि देशको आवश्यकता के छ भनेर बजेट र विकास विनियोजन गर्छौ । लुम्बिनी प्रदेश मात्रै नभएर कर्णली, सुदूरपश्चिमदेखी लिएर पिछडिएको क्षेत्रमा पनि हामीले आफ्नो सम्भावनाहरुलाई लिएर जानुपर्छ । सबैलाई बराबर रुपमा हेर्नुपर्छ,’ सांसद कुँवरले भनिन् ।
प्रतिक्रिया 4