News Summary
Generated by OK AI. Editorially reviewed.- अप्रिल महिनामा सिनेमा हल र ओटीटीमा १० विभिन्न जनराका फिल्महरू रिलिज हुँदैछन् जसमा पप सुपरस्टारको कथा, इन्डी ब्ल्याक कमेडी र बायोपिक समावेश छन्।
- द सुपर मारियो ग्यालेक्सी मुभी अप्रिल १ देखि अन्तर्राष्ट्रिय रूपमा रिलिज हुँदैछ जसमा क्रिस प्राट र चार्ली डेले मुख्य भूमिका निर्वाह गरेका छन्।
- माइकल नामक पपस्टार माइकल ज्याक्सनको जीवनमा आधारित बायोपिक अप्रिल २३ र २४ मा अन्तर्राष्ट्रिय रूपमा रिलिज हुँदैछ।
काठमाडौं । सिनेमा हल र ओटीटी प्लेटफर्म दुवैमा अप्रिल महिना दर्शकका लागि निकै व्यस्त देखिन्छ । पप सुपरस्टारको रहस्यमय कथा, इन्डी ब्ल्याक कमेडी, रोमान्टिक ड्रामा र बायोपिकसम्मका विभिन्न जनराका फिल्म सार्वजनिक हुँदैछन् । यस महिनामा हेर्न लायक १० फिल्म यस्ता छन् :
१) द सुपर मारियो ग्यालेक्सी मुभी

भिडियो गेममा आधारित फिल्म प्रायः बक्सअफिसमा असफल हुन्छन् । तर, सन् २०२३ मा आएको ‘द सुपर मारियो ब्रदर्स मुभी’ ले सफलता पायो । त्यसैको सिक्वेलका रूपमा यो फिल्म आएको हो । क्रिस प्राट र चार्ली डेले मारियो र लुइजीको भूमिका निर्वाह गरेका छन् । अन्य पात्रमा अन्या टेलर-जोय, ज्याक ब्ल्याक र ब्रि लार्सन छन् । यो फिल्म अप्रिल १ देखि अन्तर्राष्ट्रिय रूपमा रिलिज हुँदैछ ।
२) द ड्रामा

जेन्डाया र रोबर्ट प्याटिन्सनको मुख्य भूमिका रहेको यो इन्डी ब्ल्याक कमेडी हो । विवाहको एक हप्ता अघि साथीहरूसँग खेलिएको एक खेलले उनीहरूको सम्बन्धमा असहज अवस्था ल्याउँछ । निर्देशकले कथाको मुख्य रहस्य गोप्य राखेका छन्, जसले दर्शकलाई फिल्म हेर्दा नै थाहा पाउने अनुभव दिन्छ । यो फिल्म अप्रिल १ देखि ३ सम्म प्रदर्शनमा आउँदैछ ।
३) यू, मी एन्ड टस्कनी

इटालीको सुन्दर टस्कनी क्षेत्रको पृष्ठभूमिमा बनेको रोमान्टिक कमेडी हो । हाले बेलीले न्यूयोर्कबाट टस्कनी पुगेकी एक युवतीको भूमिका निभाएकी छन्, जसले नयाँ जीवन सुरु गर्ने क्रममा झुटो सम्बन्ध बनाउँछिन् । यो फिल्म हल्का, रमाइलो र दृश्यात्मक रूपमा आकर्षक छ । अप्रिल ९ र १० मा रिलिज हुँदैछ ।
४) आउटकम

जोना हिलले निर्देशन गरेको यो डार्क कमेडीमा कियानु रिभ्स मुख्य भूमिकामा छन् । एक चर्चित कलाकारको विवादास्पद अभिव्यक्तिले उनको करियर संकटमा पर्छ । फिल्मले सामाजिक सञ्जाल र प्रसिद्धिको दबाबलाई संकेत गर्छ । यो अप्रिल १० मा एप्पल टिभी प्लसमा आउँदैछ ।
५) ली क्रोनिन्स ‘द ममी’

यो फिल्म पुरानो ‘ममी’ सिरिजसँग सम्बन्धित छैन । निर्देशक ली क्रोनिनले नयाँ शैलीमा बनाएको डर लाग्दो कथा हो । काइरोमा हराएकी छोरी आठ वर्षपछि फेला परेपछि सुरु हुने रहस्यमय घटनामा आधारित छ । अप्रिल १७ मा अमेरिका र बेलायतमा रिलिज हुँदैछ ।
६) ईगल्स अफ द रिपब्लिक

राजनीति र सिनेमा मिसिएको कथा यसमा छ । एक इजिप्सियन अभिनेता सरकारको दबाबमा राष्ट्रपतिको बायोपिकमा अभिनय गर्न बाध्य हुन्छन् । यसै क्रममा उनको जीवनमा जटिल घटनाहरू सुरु हुन्छन् । अप्रिल १७ मा अमेरिका प्रदर्शन हुँदैछ ।
७) मदर मेरी

एनी ह्याथवेले पप सुपरस्टारको भूमिका निभाएकी छन् । पुरानो साथीसँगको सहकार्यले रहस्यमय र आध्यात्मिक घटनाहरू जन्माउँछ । संगीत र मनोवैज्ञानिक पक्ष मिसिएको यो फिल्म चर्चामा छ । अप्रिल १७ मा अमेरिका र अप्रिल २४ मा बेलायतमा रिलिज हुँदैछ ।
८) लोर्न

यो ‘साटरडे नाइट लाइभ’का निर्माता लोर्न माइकल्सको जीवनमा आधारित डकुमेन्ट्री हो । उनले पाँच दशकभन्दा बढी समयसम्म टेलिभिजन क्षेत्रमा पुर्याएको योगदानलाई फिल्मले समेट्छ । अप्रिल १७ मा अमेरिका रिलिज हुँदैछ ।
९) आइ स्वेयर

टुरेट सिन्ड्रोमबाट पीडित एक व्यक्तिको जीवनमा आधारित संवेदनशील कथा यसमा छ । रोबर्ट अरामायोको अभिनयको निकै प्रशंसा भएको छ । अप्रिल २४ मा अमेरिका रिलिज हुँदैछ ।
१०) माइकल

पपस्टार माइकल ज्याक्सनको जीवनमा आधारित बायोपिक हो यो । उनका बाल्यकालदेखि विश्वव्यापी सफलतासम्मको यात्रा देखाइएको छ । विवादबीच बनेको यो फिल्म अप्रिल २३ र २४ मा अन्तर्राष्ट्रिय रूपमा रिलिज हुँदैछ ।
एप्रिलमा रिलिज हुने यी फिल्मले मनोरञ्जनका विभिन्न स्वाद दिन्छन् । हलमा हेर्न रुचाउनेदेखि घरमै बसेर स्ट्रिमिङ गर्न चाहने दर्शकका लागि यो महिना व्यस्त रहने देखिन्छ ।
प्रतिक्रिया 4