News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओली गिरफ्तारीको विरोधमा अनेरास्ववियूले भृकुटीमण्डपमा प्रदर्शन गर्ने भएको छ।
- शनिबार बिहान बसेको पार्टी सचिवालय बैठकले जनसंगठनहरूलाई विरोधमा उतार्ने निर्णय गरेको थियो।
- जनसंगठनहरूको संयुक्त प्रदर्शन दिउँसो ३ बजे माइतीघरमा हुने जानकारी गराइएको छ।
१४ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओली गिरफ्तारीको विरोधमा विद्यार्थी संगठन अनेरास्ववियूले भृकुटीमण्डपमा प्रदर्शन गर्ने भएको छ ।
अनेरास्ववियुका अध्यक्ष दीपक धामीका अनुसार विद्यार्थी संगठनले विरोध प्रदर्शन गर्न लागेको जानकारी गराए ।
शनिबार बिहान बसेको पार्टी सचिवालय बैठकले जनसंगठनहरूलाई विरोधमा उतार्ने निर्णय गरेको थियो । संयुक्त प्रदर्शन हुनुअघि विद्यार्थी संगठनले छुट्टै प्रदर्शन गर्न लागेको हो ।
‘संयुक्त प्रदर्शन ३ बजे हुन्छ । अनेरास्ववियुले अब केहीबेरमा भुकुटीमण्डपमा विरोध प्रदर्शन गर्न लागेका छौं,’ धामीले अनलाइनखबरसँग भने ।
जनसंगठनहरूको संयुक्त प्रदर्शन भने दिउँसो ३ बजे माइतीघरमा हुने जानकारी गराइएको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4