+

एचजेएनबीएल : हाउण्ड्सको सातौँ जित

२०८२ चैत  १५ गते २२:४० २०८२ चैत १५ गते २२:४०
एचजेएनबीएल : हाउण्ड्सको सातौँ जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • केभिसी हाउण्ड्सले हिमालयन जाभा नेसनल बास्केटबल लिग २०२६ मा लगातार सातौं जित हात पारेको छ ।
  • सुरुवाती तीन खेल हारपछि हाउण्ड्सले सात खेल जितेको हो ।
  • प्रतियोगिताको विजेताले नगद ४ लाख प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख हात पार्नेछन्।

१५ चैत, काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेनएबीएल) २०२६ मा केभिसी हाउण्ड्सले विजय यात्रा राख्दै लगातार सातौँ जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा आईतबार साँझ सम्पन्न खेलमा हाउण्ड्सले कीर्तिपुरलाई ७९-६९ को अन्तरले पराजित गरेको हो ।

हाउण्ड्सले कीर्तिपुर विरुद्ध २५-२१, १७-११, ११-१५, २६-२२ को प्रदर्शन गर्यो ।

सुरुवाती तीन खेलमा पराजित भएपछि हाउण्ड्सले उत्कृष्ट प्रदर्शन गर्दै विजयी यात्रा जारी राखेको हो ।

१० खेलमा सातौँ जितपछि १७ अंक जोडेको हाउण्ड्स चौथो स्थानमा छ ।

हाउण्ड्सका असिम श्रेष्ठ खेलको म्यान अफ दि म्याच घोषित भए ।

यस्तै कीर्तिपुरको भने यो आठौं हार हो । १० खेलबाट कीर्तिपुरको १२ अंक छ ।

शनिबार राती भएको खेलमा गोल्डेनगेट बास्केटबल क्लबले सोलो बास्केटबल क्लबलाई १००-६० ले पराजित गर्दै नवौँ जित हात पारेको छ । गोल्डनगेटले १० खेलबाट १९ अंक जोडेको छ ।

गोल्डेनगेटका जैन खान खेलको प्लेखर अफ दि म्याच घोषित भए । उनले २४ अंक स्कोर गरे ।

नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भईरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

डबल राउण्ड रोविनका आधारमा हुने लिगमा कूल ५६ खेल हुनेछ । लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् । प्लेअफ अन्तर्गत लिगमा पहिलो र दोस्रो हुने टोलीबीच पहिलो क्वालिफायर हुनेछ भने लिगमा तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर खेल हुनेछ । पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरमा विजयी टोलीबीच दोस्रो क्वालिफायर हुनेछ । पहिलो र दोस्रो क्वालिफायरको विजेताबीच फाइनल खेल हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ४ लाख प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख हात पार्नेछन् । यस्तै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै मोस्ट भ्यालुएबल प्लेअर (एमभिपी) घोषित हुनेलाई पनि आकर्षक पुरस्कार प्राप्त गर्ने नेबाले जनाएको छ ।

हिमालयन जाभा नेसनल बास्केटबल लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय