+
+
Shares

२०८२ सालमा नेपाली फिल्म बजारको आकार २ अर्ब १९ करोड पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २३ गते १५:२३
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वैशाख १ देखि चैत १८ सम्म नेपाली फिल्मले करिब १ अर्ब ८ करोड र अन्तर्राष्ट्रिय फिल्मले १ अर्ब ११ करोड रुपैयाँभन्दा बढी कमाइ गरेका छन्।
  • नेपाली फिल्मले ३७ लाख ८१ हजार टिकट बिक्री गर्दा अन्तर्राष्ट्रिय फिल्मले ३३ लाख २२ हजार टिकट बिक्री गरेको छ।
  • २०८१ सालमा नेपाली फिल्म बजारको कुल आकार २ अर्ब ७० करोड रुपैयाँ ग्रस रहेको थियो।

काठमाडौं । वैशाख १ देखि चैत १८ सम्म नेपाली र अन्तर्राष्ट्रिय फिल्मको प्रदर्शन तथ्यांकले नेपालको फिल्म बजारको स्पष्ट तस्वीर देखाएको छ । यो अवधिमा नेपाली फिल्मले करिब १ अर्ब ८ करोड रुपैयाँ ग्रस व्यापार गर्दा अन्तर्राष्ट्रिय फिल्मले १ अर्ब ११ करोड रुपैयाँभन्दा बढी कमाइ गरेका छन् ।

समग्रमा दुवै मिलाएर फिल्म बजारको कारोबार २ अर्ब १९ करोड रुपैयाँ माथि पुगेको देखिन्छ । यसको अर्थ, नेपाली फिल्म बजारको यसवर्षको आकार पनि यही नै हो ।

दर्शक उपस्थितिको हिसाबले भने नेपाली फिल्म अगाडि देखिएका छन् । नेपाली फिल्मतर्फ करिब ३७ लाख ८१ हजार टिकट बिक्री हुँदा अन्तर्राष्ट्रिय फिल्मतर्फ ३३ लाख २२ हजार टिकट बिक्री भएको छ ।

यसले नेपाली फिल्ममा दर्शक संख्या बढी भए पनि कमाइको हिसाबले अन्तर्राष्ट्रिय फिल्म बलियो रहेको संकेत गर्छ ।

व्यापारको संरचना हेर्दा अन्तर्राष्ट्रिय फिल्ममा केही ठूला ब्लकबस्टरले ठूलो हिस्सा ओगटेका छन् । ‘कान्तारा’, ‘धुरन्धर’, ‘अवतार २’ जस्ता फिल्मले उच्च कलेक्सन गर्दै बजारलाई तानेका छन् ।

नेपालीतर्फ पनि ‘परान’, ‘आबाट आमा’, ‘जेरी अन टप’ जस्ता फिल्मले उल्लेखनीय व्यापार गरेका छन्, तर समग्र बजारमा स्थिरता भने अझै चुनौतीकै रूपमा देखिन्छ ।

२०८१ सालमा नेपाली फिल्म बजारको कुल आकार २ अर्ब ७० करोड रुपैयाँ ग्रस थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?