News Summary
Generated by OK AI. Editorially reviewed.- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकामा तीन व्यावसायिक फर्मलाई उपभोक्ता ठगी गरेको आरोपमा ४५ हजार रुपैयाँ जरिबाना तिराएको छ।
- शंकर खाद्य किराना स्टोर र एसडीआर स्टोरलाई २०–२० हजार रुपैयाँ र गुप्ता गुँदपाक भण्डारलाई ५ हजार रुपैयाँ जरिबाना गरिएको छ।
- अनुगमनमा अन्य ३६ फर्मलाई उपभोक्ता अधिकारबारे सचेत गराउँदै सामान्य निर्देशन दिइएको छ।
२४ चैत, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन क्रममा उपभोक्ता ठगी गर्ने तीन व्यावसायिक फर्मलाई जरिबाना तिराएको छ ।
विभागले मंगलबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गरेको अनुगमनमा कैफियत भेटिएपछि तीन पसललाई ४५ हजार रुपैयाँ जरिबाना गरेको हो ।
काठमाडौं महानगरपालिका–१४ कुलेश्वरमा सञ्चालित शंकर खाद्य किराना स्टोर र एसडीआर स्टोरलाई समान २०–२० हजार रुपैयाँ जरिबाना गरिएको छ । त्यसैगरी काठमाडौं–२६ गोंगबुमा रहेको गुप्ता गुँदपाक भण्डारलाई ५ हजार रुपैयाँ जरिबाना तिराइएको छ ।
अनुगमन क्रममा अन्य ३६ फर्मलाई भने सामान्य निर्देशन दिइएको छ । काठमाडौंका नयाँ बसपार्क, चाबहिल, टोखा तथा ललितपुर चापागाउँ क्षेत्रमा सञ्चालित किराना पसल, फेन्सी स्टोर, मोबाइल पसल, कस्मेटिक पसल, खाद्य स्टोर लगायत व्यवसायलाई उपभोक्ता अधिकारबारे सचेत गराउँदै सामान्य निर्देशन दिइएको छ ।
प्रतिक्रिया 4