+
+
Shares

गुल्मीमा अमला टिप्न भनेर घरबाट हिँडेका वृद्ध मृत फेला

१२ वैशाख बिहान करिब ७ बजे घरबाट अमला टिप्न जान्छु भन्दै हिँडेका ८७ वर्षीय नेरुप्रसाद घिमिरे घर नफर्किएपछि आफन्त तथा स्थानीयले खोजतलास गरेका थिए।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १३ गते १८:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुल्मीको इस्मा गाउँपालिका–१ हर्पुकोट भेडाबारी क्षेत्रस्थित खोलाको बगरमा ८७ वर्षीय नेरुप्रसाद घिमिरे मृत फेला परेका छन्।
  • १२ वैशाख बिहान अमला टिप्न जान्छु भन्दै घरबाट नफर्किएका घिमिरेको १३ वैशाख बिहान खोलाको बगरमा मृत अवस्थामा भेटिएको हो।
  • प्रहरी हवल्दार राधेश्याम यादवको टोली घटनास्थलमा पुगेको र जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक पर्वतकुमार केसीको नेतृत्वमा थप अनुसन्धान भइरहेको छ।

१३ वैशाख, गुल्मी । गुल्मीको इस्मा गाउँपालिका–१ हर्पुकोट भेडाबारी क्षेत्रस्थित ठूला खोलाको बगरमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् ।

१२ वैशाख बिहान करिब ७ बजे घरबाट अमला टिप्न जान्छु भन्दै हिँडेका ८७ वर्षीय नेरुप्रसाद घिमिरे घर नफर्किएपछि आफन्त तथा स्थानीयले खोजतलास गरेका थिए।

खोजीका क्रममा उनलाई भोलिपल्ट १३ वैशाख बिहान करिब ८ बजे खोलाको बगरमा घोप्टो अवस्थामा मृत फेला पारिएको प्रहरीले जनाएको छ ।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी चौकी हस्तिचौरबाट प्रहरी हवल्दार राधेश्याम यादवको कमाण्डमा दुई जनाको टोली खटिएको थियो।

घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक पर्वतकुमार केसीको नेतृत्वमा टोली खटिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?