News Summary
Generated by OK AI. Editorially reviewed.- महालेखा नियन्त्रक कार्यालयले १५ दिने बोलपत्र आह्वान गर्दै ५ वटा चार पाङ्ग्रे र २० वटा मोटरसाइकल लिलाम बिक्री गर्ने भएको छ।
- लिलाम बिक्रीमा राखिएका सवारी साधनको न्यूनतम मूल्य करबाहेक ६ लाख ६३ हजार रुपैयाँ तोकिएको छ।
- सरकारी निकायहरूले पुराना सवारी साधनको लिलाम बिक्रीलाई तीव्रता दिएका छन्।
३ जेठ, काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले एकसाथ दुई दर्जन सवारी साधन लिलाम बिक्री गर्ने भएको छ । कार्यालयले एक सूचना प्रकाशित गर्दै १५ दिने बोलपत्र आह्वान गरेको छ ।
कार्यालयका अनुसार सो कार्यालयको परिसरमा रहेका पुराना ५ वटा चार पाङ्ग्रे र २० वटा मोटरसाइकलको लिलाम बिक्री गर्न लागिएको हो । लिलाम गर्ने सम्पूर्ण सामानको न्यूनतम मूल्य करबाहेक ६ लाख ६३ हजार राखिएको सूचनामा उल्लेख छ ।
अहिले सरकारी निकायहरूले पुराना सवारी साधनको लिलाम बिक्रीलाई तीव्रता दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4