News Summary
Generated by OK AI. Editorially reviewed.- माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्णपछि कक्षा ११ मा भर्ना हुन काठमाडौंको टेक्सास इन्टरनेसनल सेकेन्डरी स्कुलमा हजारौं विद्यार्थीले आवेदन दिएका छन्।
- टेक्सास इन्टरनेसनल सेकेन्डरी स्कुलले अत्यधिक आवेदनका कारण बुधबार १ हजार २ सय ८३ विद्यार्थीका लागि प्रवेश परीक्षा सञ्चालन गरेको छ।
- स्कुलले प्रवेश परीक्षासँगै ‘अब के गर्ने ?’ शीर्षकमा अभिमुखीकरण कार्यक्रम आयोजना गरी विद्यार्थीलाई शैक्षिक वातावरणसँग परिचित गराएको छ।
६ जेठ, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण भएपछि कक्षा ११ मा भर्ना हुने क्रम तीव्र बनेको छ । यसै क्रममा काठमाडौंको चाबहिल मित्रपार्कमा अवस्थित टेक्सास इन्टरनेसनल सेकेन्डरी स्कुलमा भर्ना हुन हजारौं विद्यार्थीले आवेदन दिएका छन् ।
भौतिक तथा भर्चुअल दुवै माध्यमबाट आएका यी आवेदनले स्कुलप्रति विद्यार्थी र अभिभावकको उच्च आकर्षण रहेको देखाउँछ। स्कुल परिसरमा परामर्श र भर्ना प्रक्रियाका लागि अभिभावक र विद्यार्थीको लामो लाइन देखिन्छ ।
सातै प्रदेशका विभिन्न जिल्लाबाट विज्ञान, व्यवस्थापन, मानविकी र कानुन विषयमा अध्ययन गर्ने चाहना राख्दै प्रवेश परिक्षामा सामेल हुन र छात्रवृत्तिबारे जानकारी लिन अभिभावक र विद्यार्थीको लाइन लागेको छ ।
प्रवेश परीक्षाका साथै रमाइलो अभिमुखीकरण कार्यक्रम
आवेदनको संख्या अत्यधिक भएकाले टेक्सास इन्टरनेसनल सेकेन्डरी स्कुलले प्रवेश परीक्षामार्फत विद्यार्थी छनोट गर्ने निर्णय गरेको छ । बुधबार मात्र १ हजार २ सय ८३ विद्यार्थीका लागि स्कुल परिसरभित्रै परीक्षा केन्द्र राखिएको छ ।
आगामी दिनमा पनि थप प्रवेश परिक्षाका कार्यक्रम निर्धारण गर्दै जाने संस्थाले जनाएको छ । प्रवेश परीक्षाका क्रममा स्कुलले ‘अब के गर्ने ?’ शीर्षकमा विशेष अभिमुखीकरण कार्यक्रम आयोजना गर्यो । टेक्सास इन्टरनेसनल सेकेन्डरी स्कुलमा आयोजित यो कार्यक्रम विद्यार्थीहरूका लागि एक यादगार अनुभव बन्यो ।
कार्यक्रममा ‘सिप एण्ड पेन्ट’, ‘ट्रेजर हन्ट’ र ‘मेक यौर स्याण्डविच’ जस्ता रमाइला तथा सिर्जनशील गतिविधि समावेश थिए । ‘सिप एण्ड पेन्ट’अन्तर्गत विद्यार्थीहरूले आफ्नो कलात्मक प्रतिभा प्रदर्शन गरे भने ‘ट्रेजर हन्ट’मा सामूहिक सोच र टिमवर्कको परीक्षण भयो ।
‘मेक यौर स्याण्डविच’ गतिविधिले विद्यार्थीहरूमा व्यावहारिक सीप र रचनात्मकतालाई प्रोत्साहन गर्यो । यी क्रियाकलापहरूमार्फत प्रवेश परिक्षामा सामेल सम्पूर्ण विद्यार्थीहरूलाई स्कुलको शैक्षिक दर्शन र वातावरणसँग परिचित गराइयो । कार्यक्रमको अन्त्यमा उपस्थित सम्पूर्ण विद्यार्थीहरूलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो।
तीन दशकको शैक्षिक यात्रा
सन् १९९२ मा अनुभवी, योग्य, समर्पित र गतिशील शिक्षाविद्हरूको टोलीद्वारा स्थापित टेक्सास इन्टरनेसनल सेकेन्डरी स्कुल, टेक्सास इन्टरनेसनल एजुकेसन नेटवर्क अन्तर्गत सञ्चालित छ । मन्टेसरीदेखि स्नातकोत्तर तहसम्मको शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आइरहेको यो नेटवर्क नेपालको शैक्षिक क्षेत्रमा एक भरपर्दो नाम बनिसकेको छ ।
नेटवर्क अन्तर्गत कक्षा ११ र १२ को विज्ञान, व्यवस्थापन, मानविकी र कानुन विषयहरू सञ्चालनमा रहेको यस स्कुलले गुणस्तरीय तथा व्यावसायिक सीप, अनुसन्धानमूलक शिक्षण–सिकाइ पद्धति र अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीहरूको अन्तर्निहित प्रतिभालाई उजागर गर्नुलाई आफ्नो मुख्य ध्येय मानेको छ । भीड, शोर र प्रदूषणबाट मुक्त शान्त वातावरणमा अवस्थित यो संस्थाले विद्यार्थीलाई पढाइमा पूर्ण एकाग्र हुन मद्दत गर्छ ।

अनुभवी शिक्षक र व्यावहारिक शिक्षा
विषय विज्ञ पूर्णकालीन शिक्षकहरू कार्यरत टेक्सासमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव भएका शिक्षकहरूले आधुनिक प्रविधिसहितको कक्षाकोठामा सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक अभ्यासलाई विशेष महत्त्व दिएका छन्।
प्रोजेक्ट कार्य, सेमिनार र फिल्ड भिजिटमार्फत विद्यार्थीलाई बाहिरी संसारसँग प्रत्यक्ष जोड्ने गरिन्छ । इनोभेसन ल्याब र एन्क्युबेसन सेन्टरमार्फत विद्यार्थीको सिर्जनशीलता र उद्यमशीलतालाई प्रोत्साहन गरिन्छ ।
अन्तर्राष्ट्रिय सहकार्य, प्रविधिमैत्री शिक्षा, खेलकुद र अतिरिक्त क्रियाकलाप
टेक्सास इन्टरनेसनल सेकेन्डरी स्कुलले अन्तर्राष्ट्रिय मान्यता प्राप्त संस्थाहरूसँग सहकार्य गरेको छ, जसले व्यवस्थापन र सूचना प्रविधि विषयमा विश्वस्तरीय शिक्षा र क्रेडिट ट्रान्सफर सुविधा प्रदान गर्छ ।
संस्थाले विद्यार्थीलाई अत्याधुनिक कम्युटर ल्याब, समृद्ध ईलाइब्रेरी, परिसरभर निःशुल्क इन्टरनेट, विविध खानेकुराको विकल्पसहितको हाइजेनिक क्याफेटेरियाको सुविधा प्रदान गएको छ ।
काठमाडौं उपत्यका बाहिरका विद्यार्थीका लागि अतिरिक्त कोचिङ कक्षासहितको छात्रावास सुविधा पनि उपलब्ध छ । सस्तो मूल्यमा यातायात सुविधा, शैक्षिक तथा खेलकुद क्रियाकलाप र अनुभवी विशेषज्ञद्वारा सञ्चालित काउन्सेलिङ सेलले विद्यार्थीलाई शैक्षिक तथा व्यक्तिगत समस्या समाधानमा सहयोग गर्छ ।
पाठ्यक्रम बाहिरका गतिविधिमा पनि स्कुलले उत्तिकै जोड दिएको छ । बास्केटबल, फुटसल, क्रिकेट र थिएटरजस्ता खेलकुद तथा सांस्कृतिक क्रियाकलापहरू नियमित रूपमा सञ्चालन हुन्छन् । मनोसामाजिक परामर्श, व्यक्तित्व विकास र सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूले विद्यार्थीहरूलाई एक सम्पूर्ण व्यक्तित्वको रूपमा विकास गर्न सहयोग गर्छन् । निरन्तर सफ्ट स्किल्स तालिमले विद्यार्थीहरूलाई भविष्यको व्यावसायिक जीवनका लागि समेत तयार पार्छ ।
प्रतिक्रिया 4