+
+
Shares

हुम्लाको नेप्का गाउँका बाढी पहिरो पीडितलाई राहत व्यवस्था गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ६ गते १४:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा (एमाले) की सांसद यशोदाकुमारी बरालले हुम्लाको चंखेली गाउँपालिकामा गएको भीषण पहिरोका पीडितलाई तत्काल राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेकी छिन्।
  • सांसद बरालले प्रतिनिधि सभाको बैठकमा प्राकृतिक विपत्तिका कारण भएको क्षतिप्रति दु:ख व्यक्त गर्दै प्रभावित क्षेत्रमा छिटो राहतको प्रवन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराइन्।
  • बरालले सदनभित्र सांसदहरूले प्रयोग गर्ने भाषा र व्यवहारप्रति आपत्ति जनाउँदै संसदको नियमावलीको नियम २१ (घ) अनुसार शिष्टताको पालना गर्न र अमानवीय शब्दहरू हटाउन आग्रह गरिन्।

६ जेठ, काठमाडौं । नेकपा (एमाले) की सांसद यशोदाकुमारी बरालले हुम्लाको चंखेली गाउँपालिकामा गएको भीषण पहिरोका पीडितलाई तत्काल राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेकी छिन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद बरालले प्राकृतिक विपत्तिका कारण भएको क्षतिप्रति दु:ख व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

चंखेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति गएको पहिरोले विद्यालय, बस्ती र खेतीपातीमा ठूलो क्षति पुर्‍याएको जानकारी दिइन् ।

प्राकृतिक विपत्तिको विषयका साथै सांसद बरालले सदनभित्र सांसदहरूले प्रयोग गर्ने भाषा र व्यवहारप्रति पनि आपत्ति जनाइन् ।

संसदको नियमावलीको नियम २१ (घ) मा उल्लेखित शिष्टताको पालना नभएको भन्दै उनले केही माननीय सदस्यहरूले पुराना राजनीतिक दलहरूप्रति अशिष्ट र अमानवीय व्यवहार गरिरहेको आरोप लगाइन् ।

‘भीषण पहिरोका कारण विद्यालय र गाउँबस्तीमा ठूलो क्षति पुगेको छ, सरकारले प्रभावित क्षेत्रमा छिटोभन्दा छिटो राहतको प्रवन्ध मिलाउनुपर्छ,’ उनले भनिन्, ‘सदनमा पुराना दलहरूले केही गरेनन् भन्दै ‘सदन गनायो’ जस्ता अमानवीय र अशिष्ट शब्दहरू प्रयोग भइरहेका छन् । यस्ता शब्दहरू तत्काल संसद्को रेकर्डबाट हटाइनुपर्छ ।’

सदनमा उपस्थित सबै २७५ जना सांसदहरू जनताको आवाज बोल्न आएका र सबैको हैसियत बराबर रहेको उल्लेख गर्दै उनले संसद् वादविवाद वा प्रतिष्पर्धा गर्ने थलो नभएको स्पष्ट पारिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?