+
+
Shares

हरि खेतान क्याम्पसमा भएको झडपबारे छानबिन समिति गठन गर्न सांसद पन्तको माग

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ६ गते १६:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सांसद हरि पन्तले वीरगञ्जको हरि खेतान सामुदायिक क्याम्पसमा भएको झडपबारे छानबिन समिति गठन गर्न माग गरेका छन्।
  • उनले क्याम्पसको विधान संशोधनपछि निजीकरणतर्फ उन्मुख हुँदै दैनिक झडप र जुलुस हुने गरेको बताए।
  • क्याम्पसका प्रमुख दुर्व्यवहारको आरोपमा परेका कारण केही कर्मचारीहरू प्रहरी हिरासतमा रहेको उनले जानकारी गराए।

६ जेठ, काठमाडौं । रास्वपा सांसद हरि पन्तले वीरगञ्जको हरि खेतान सामुदायिक क्याम्पसमा भएको झडपबारे छानबिन समिति गठन गर्न माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सामुदायिक क्याम्पसको मर्म अनुसार विधान लागू गरी पठनपाठन अघि बढाउन आग्रह पनि गरे ।

उनका अनुसार, ०३८ सालमा स्थापना भएको उक्त क्याम्पसमा करिब ४ हजार विद्यार्थी एवं डेढ सय प्राध्यापक कर्मचारी कार्यरत छन् ।

क्याम्पसमा भएको झडपका कारण अध्ययनरत हजारौं विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै उनले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।

उनले क्याम्पसको विधान संशोधन भएपछि निजीकरणतर्फ उन्मुख हुँदै गरेको बताउँदै दैनिकजसो झडप र जुलुस हुने गरेको उनले बताए ।

सोही क्याम्पसका प्रमुख नै दुर्व्यवहारको आरोपमा परेका कारण केही कर्मचारीहरू आजको दिनसम्म पनि प्रहरी हिरासतमा रहेको पनि उनले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?