+
+
Shares

मधेश प्रदेशको ४४२ हेक्टर वनक्षेत्र अतिक्रमण मुक्त

वर्षौँदेखि मधेश प्रदेशका विभिन्न जिल्लामा अतिक्रमित ४४२ हेक्टर वन क्षेत्र गत आर्थिक वर्ष २०८१/८२ मा अतिक्रमण मुक्त गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ६ गते १६:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेस प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा ४४२ हेक्टर अतिक्रमित वन क्षेत्र फिर्ता लिइएको छ।
  • प्रदेशका आठ जिल्लाबाट हाल १६ हजार ५९९ हेक्टर जमिन अतिक्रमणमा रहेको छ।
  • प्रदेश सरकारले वनक्षेत्र अतिक्रमण समस्या समाधानका लागि प्रशासनिक, राजनीतिक र स्थानीय संयन्त्रसँग समन्वय गरिरहेको छ।

६ जेठ, जनकपुरधाम । वर्षौँदेखि मधेश प्रदेशका विभिन्न जिल्लामा अतिक्रमित ४४२ हेक्टर वन क्षेत्र गत आर्थिक वर्ष २०८१/८२ मा अतिक्रमण मुक्त गरिएको छ ।

मधेस प्रदेश वन निर्देशनालय जनकपुरधामका अनुसार थप अतिक्रमित वनक्षेत्र खाली गर्न तथा गराउन सम्बन्धित वन कार्यालयले सूचना जारी गरेका छन् ।

निर्देशनालयबाट प्राप्त विवरणअनुसार धनुषामा ३० हेक्टर, सर्लाहीमा १७५ हेक्टर, सप्तरीमा १११ हेक्टर , बारामा ५४ हेक्टर, पर्सामा ४५ हेक्टर, रौटहटमा १२ हेक्टर, सिरहामा १० हेक्टर तथा महोत्तरीमा तीन हेक्टर वनक्षेत्रको जमिन फिर्ता लिइएको छ ।

अतिक्रमित वनक्षेत्रमा खेतीपाती, गोठनिर्माण, होटल तथा पसल सञ्चालन, घरसमेत निर्माणगरी बसोबास भइरहेको थियो । निर्देशनालयका निर्देशक जग्गनाथप्रसाद जयसवालले मधेस प्रदेशको आठवटै जिल्लाबाट अहिले पनि १६ हजार ५९९ हेक्टर जमिन अतिक्रमणमा परेको जानकारी दिए ।

अतिक्रमित वनक्षेको जमिन खाली गर्ने प्रक्रिया सुरु गरिएको तथा त्यसमा सबैको सहयोग आवश्यक रहेको बताए ।

लामो समयदेखि अतिक्रमित वनक्षेत्रको समस्या समाधान गर्न प्रदेश सरकारले पहल गरिरहेको जनाइएको छ ।

यसका लागि प्रशासनिक संयन्त्रले एक्लै समाधान गर्न नसक्ने भएकाले राजनीतिक तथा स्थानीय संयन्त्रको समन्वय आवश्यक रहकाले त्यसतर्फ काम भइरहेको निर्देशक जयसवालले उल्लेख गरे ।

हाल नेपालमा ४५ प्रतिशत भू–भाग वनले ढाकेको भए पनि मधेस प्रदेशमा मात्र तीन दशमलव ७२ प्रतिशत भूभाग वनक्षेत्रले ढाकेको छ ।

प्रदेशभरि दुई लाख दुई हजार २०२ हेक्टर जमिनमा वनक्षेत्र रहे पनि १३६ स्थानीय तहमध्ये ८९ वटामा वनक्षेत्र नै नभएको बताइएको छ । जसमध्ये मधेसको कुल वनक्षेत्रमध्ये आठ प्रतिशत वनक्षेत्र अतिक्रमणमा परेको हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?