+
+
Shares

संविधान संशोधनबारे जेनजी संगठनले गरे बहुपक्षीय छलफल

कार्यक्रममा राजनीतिक दलका नेता, नागरिक अगुवा र जेनजी अगुवाहरूबीच संविधान संशोधनका विभिन्न पक्षबारे छलफल गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ६ गते २१:०५

६ जेठ, काठमाडौं । संविधान संशोधनको अवधारणाबारे जेनजी संगठनहरूले बहुपक्षीय छलफल गरेका छन् । बुधबार जेनजी मुभमेन्ट अलायन्स र द रेड च्याप्टरले संयुक्त रूपमा ‘संविधान संशोधनको अवधारणा’ विषयक बहुपक्षीय छलफल कार्यक्रम गरेका हुन् ।

कार्यक्रममा राजनीतिक दलका नेता, नागरिक अगुवा र जेनजी अगुवाहरूबीच संविधान संशोधनका विभिन्न पक्षबारे छलफल गरेका छन् ।

छलफलमा गत मंसिरमा जेनजी आन्दोलनका प्रतिनिधि र सरकारबीच भएको सम्झौतालाई आधार बनाएर संविधानको आधारभूत मर्मलाई अक्षुण्ण राख्दै संविधान संशोधन गर्नुपर्ने जेनजी अभियन्ताहरूको जोड दिएका थिए ।

सँगै सामाजिक–आर्थिक रूपान्तरण, समतामूलक समृद्धि, दिगो शान्ति, दिगो विकास र अग्रगामी परिवर्तनका लागि संविधान संशोधन गर्नुपर्ने विषयमा छलफलकेन्द्रित भएको आयोजकहरूले बताएका छन् ।

आयोजकका अनुसार मुख्य चार मुख्य बुँदामा केन्द्रित थियो । जसमा संविधान संशोधनको आवश्यकता र उद्देश्य, संशोधनको दायरा र सीमा, संशोधनका विषयगत क्षेत्रहरू र संशोधनको विधिगत प्रक्रिया रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?