+
+
Shares

रुकुमपूर्वको मैकोट खोलामा बनेको बेलिब्रिज सञ्चालनमा

रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका–१ मैकोट खोलामाथि निर्माण गरिएको बेलीब्रिज आइतबारदेखि  सञ्चालनमा आएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १० गते १९:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका–१ मैकोट खोलामा निर्माण गरिएको बेलिब्रिज आइतबारदेखि सञ्चालनमा आएको छ ।
  • गाउँपालिकाले आफ्नै आन्तरिक स्रोतको करिब १ करोड ५० लाख रुपैयाँ बजेटमा सो बेलिब्रिज निर्माण गरेको हो ।
  • बेलिब्रिज सञ्चालनमा आएसँगै वर्षायाममा स्वास्थ्य, शिक्षा र बजार पहुँचमा सास्ती खेपिरहेका स्थानीय बासिन्दालाई सहज हुने भएको छ ।

१० जेठ, रुकुमपूर्व । रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका–१ मैकोट खोलामाथि निर्माण गरिएको बेलीब्रिज आइतबारदेखि  सञ्चालनमा आएको छ ।

बेलिब्रिजको उद्घाटन गाउँपालिका अध्यक्ष पुनिराज घर्तीमगरले एक कार्यक्रमका बीच गरेका छन् ।

गाउँपालिकाले आफ्नै स्रोतमार्फत करिब १ करोड ५० लाख बजेट उक्त बेलिब्रिज निर्माण गरेको हो ।

बेलिब्रिज सञ्चालनमा आएसँगै बर्खायाममा आवतजावत गर्न सर्वसाधारणलाई सहज भएको अध्यक्ष घर्तीमगरले बताए ।

यो खोला पुथा हिमाल र ढालपानी क्षेत्रबाट बग्दै आउने सानीभेरी नदीको सहायक हो ।

वर्षायामको समयमा खोला तर्न नसक्दा गाउँका नागरिकले स्वास्थ्य, शिक्षा र बजार पहुँचमा गम्भीर समस्या भोग्दै आएका थिए । अब यो समस्याबाट स्थानीयहरूले राहत मिल्ने स्थानीय पाना पुनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?