+
+
Shares

आज गण्डकीको नीति तथा कार्यक्रम, नीतिगत जग बसाल्नेमा जोड

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १९ गते ७:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज अपराह्न ४:०० बजे प्रदेशसभा बैठकमा प्रस्तुत गर्नुहुनेछ ।
  • संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुअघि नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो ।
  • गण्डकी प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि शुरू भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

१९ जेठ, पोखरा । गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै छ । प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख डिल्लीराज भट्टले दिउँसो ४ बजे संसदमा नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची तय भएको छ ।

यो सरकारको सम्भवत अन्तिम बजेट हुने नेताहरुको भनाइ छ । बजेटको सिद्धान्त र प्राथमिकता ल्याइसकेको सरकारले अहिलेको नीति तथा कार्यक्रमले केही नयाँ कुरा तय गर्ने मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको भनाइ छ ।

सम्भवत अन्तिम नीति तथा कार्यक्रम पनि हुने भएकाले दीर्घकालीनभन्दा १ वर्षभित्र सम्पन्न गर्न सकिने, अधुरा कामहरु पूरा गर्ने, नयाँ थिति बसाल्ने, नयाँ कार्यक्रमहरुको नीतिगत जग बसाल्ने कुरामा केन्द्रित हुने मुख्यमन्त्री पाण्डेको भनाइ थियो ।

‘हामी भनेको अब एक वर्षमात्र होला । अब कामहरुलाई सम्पन्न गर्ने, नयाँ कार्यक्रमहरुका लागि नीति जग हाल्ने कुरामै अबको बजेट र नीति तथा कार्यक्रम केन्द्रित हुन सक्छ,’ मुख्यमन्त्री पाण्डेले भने ।

सरकारले पूर्वाधार निर्माण तथा सम्पन्न गर्न, कृषि, पर्यटन र नीतिगत सुधारमा ध्यान दिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?