+
+
Shares

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मंगलबार बसेको बैठकका ४ वटा मुख्य निर्णयहरू सार्वजनिक गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १९ गते १३:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकका चारवटा मुख्य निर्णयहरू सार्वजनिक गर्नुभएको छ ।
  • सरकारले सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा अञ्जनी कुमार पोखरेललाई बढुवा गर्ने निर्णय गरेको छ ।
  • सरकारले २०८२ साल भदौको प्रदर्शनका क्रममा भएको घटनासम्बन्धी अध्ययन समितिको कार्यअवधि ४५ दिन थप गर्ने निर्णय गरेको छ ।

१९ जेठ, काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ ।

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मंगलबार बसेको बैठकका ४ वटा मुख्य निर्णयहरू सार्वजनिक गरेका हुन् ।

शिक्षा तथा खेलकुदमन्त्री समेत रहेका पोखरेलका अनुसार, गृह मन्त्रालयको प्रस्तावमा सशस्त्र प्रहरीको एआईजीमा अञ्जनी कुमार पोखरेललाई नियुक्त गर्ने निर्णय भएको छ ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू–

–युनाइटेड नेसन इन्भाइरमेन्ट प्रोग्राम (यूएनडीपी) बाट वजन तहरूलाई हानी पुर्‍याउने पदार्थको व्यवस्थापन र न्यूनीकरणसम्बन्धी मोन्ट्रियल प्रोटोकलको कार्यान्वयनसम्बन्धी सम्झौता स्वीकृत गर्ने ।

–सशस्त्र प्रहरी नायब निरीक्षक श्री अञ्जनी कुमार पोखरेललाई सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने ।

–२०८२ साल भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा भएको घटनाको जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित अध्ययन समितिको कार्यअवधि ४५ दिन थप गर्ने । 

–भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा बलभद्र बास्कोटा, कास्की तथा सदस्य पदमा अमिर प्रसाद न्यौपाने, काठमाडौं र पद्मनिति सोतिल लमजुङ र डा. रोहना श्रेष्ठ, काठमाडौंलाई नियुक्त गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?