+
+
Shares

२ राउन्ड गोलीसहित भक्तपुरबाट एक युवक पक्राउ

पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक नगरपालिका-८ सिपाडोलका २३ वर्षीय निरज खत्री रहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १९ गते १९:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भक्तपुरको सूर्यविनायक नगरपालिका–६ सुन्दरबस्तीबाट प्रहरीले २ राउन्ड गोली र लागुऔषधसहित २३ वर्षीय निरज खत्रीलाई पक्राउ गरेको छ ।
  • जगाती प्रहरी वृत्तका अनुसार खत्रीको साथबाट एसएलआरको २ राउन्ड गोली, ट्रामाडोल ट्याबलेट र १ थान खुकुरी बरामद भएको छ ।
  • पक्राउ परेका खत्रीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

१९ जेठ, काठमाडौं । भक्तपुरको सूर्यविनायकबाट २ राउन्ड गोली तथा लागुऔषधसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक नगरपालिका-८ सिपाडोलका २३ वर्षीय निरज खत्री रहेका छन् ।

प्रहरीवृत्त जगाती भक्तपुरबाट खटिएको टोलीले सूर्यविनायक नगरपालिका-६ सुन्दरबस्तीबाट उनलाई मंगलबार पक्राउ गरेको भक्तपुरका प्रहरी नायव उपरीक्षक प्रकाश जबेगुले जानकारी दिए ।

जबेगुका अनुसार उनको साथबाट एसएलआरको गोली २ राउन्ड, ट्रामाडोल ट्याबलेट, खुकुरी १ थान बरामद गरिएको छ ।

उनीमाथि थप अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?