News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंमा आयोजित आदिवासी जनजाति चलचित्र महोत्सव विभिन्न ११ विधामा पुरस्कार वितरण गर्दै मङ्गलबार सम्पन्न भएको छ ।
- महोत्सवमा गुरुङ भाषाको ‘ङोल्स्यो रामरानी’ उत्कृष्ट कथानक चलचित्र र लिम्बु भाषाको ‘रीत’ उत्कृष्ट निर्देशित चलचित्र घोषित भए ।
- अभिनेता विधामा मगर भाषाका कल्याण रानामगर र अभिनेत्रीतर्फ नेवारी भाषाकी भिन्तुना श्रेष्ठ उत्कृष्ट घोषित हुनुभएको छ ।
काठमाडौं । आदिवासी जनजाति चलचित्र महोत्सव सम्पन्न भएको छ । अन्तिम दिन कलाकार, निर्देशक तथा छायाँकारसहितका ११ विधामा फिल्म र कलाकारलाई पुरस्कृत गरियो ।
पब्लिक च्वाइस अवार्ड लिम्बु फिल्म ‘रीत’, उत्कृष्ट कथानक फिल्म विधाको अवार्ड गुरुङ भाषाको ‘ङोल्स्यो रामरानी’, पटकथा विधामा गुरुङ भाषाकै ‘ङोल्स्यो रामरानी’का लेखक विवेक गुरुङलाई प्रदान गरियो ।
उत्कृष्ट निर्देशन अवार्ड लिम्बु फिल्म ‘रीत’का निर्देशक दिनेश लिङ्देन, अभिनेता विधामा मगर भाषाको फिल्म ‘दिलसरा’का अभिनेता कल्याण रानामगर, अभिनेत्रीतर्फ नेवारी भाषाको ‘स्वयनगु’की अभिनेतृ भिन्तुना श्रेष्ठलाई प्रदान गरियो ।
छायाङ्कन अवार्ड तामाङ चलचित्र ‘ह्याङ तामाङ’ छायाँकार सूर्य लामा, जुरी अवार्ड राजवंशी वृत्तचित्र ‘विराटनगरके प्राचीन राजवंशी’, इन्करेजमेन्ट अवार्ड तामाङ लघु चलचित्र ‘दुखला ग्यम’, उत्कृष्ट लघु चलचित्र मगर लघु चलचित्र ‘लाहुरेनी’ तथा उत्कृष्ट वृत्तचित्र अवार्ड २०८३ मगर वृत्तचित्र ‘आग्रे’लाई प्रदान गरिएको छ ।
उत्कृष्ट कलाकार तथा चलचित्रकर्मी, चलचित्र, लघुचलचित्र र वृत्तचित्रलाई कार्यक्रमका प्रमुख अतिथि आदिवासि जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका निमित्त प्रमुख राम मादेनले सम्मान प्रदान गरेका थिए ।
चलचित्र विकास बोर्डको सभाहलमा जेठ १७ मा सुरु भएको महोत्सव मङ्गलबार साँझ सम्पन्न भएको हो । महोत्सवमा चलचित्र प्रदर्शनसँगै अन्तक्र्रिया, सांस्कृतिक झाँकी प्रदर्शन तथा विभिन्न जातजातिका खानाका स्टल राखिएका थिए ।
प्रतिक्रिया 4