+
+
Shares

रोल्पामा खोलाले बगाउँदा विद्यालयबाट फर्किँदै गरेका दुई बालकको मृत्यु

सूर्यप्रकाश बुढा मगर सूर्यप्रकाश बुढा मगर
२०८३ जेठ २० गते २०:४५

२० जेठ, रोल्पा । रोल्पाको गंगादेव गाउँपालिका–६ रातामाटामा खहरे खोलाको भेलमा बगेर दुई बालकको ज्यान गएको छ ।

बुधबार साँझ विद्यालयबाट घर फर्कने क्रममा खोलाको भेलमा बगेर रातामाटाकै निमबहादुर खड्काका ७ वर्षीय छोरा गोपाल खड्का र सर्वजित खत्रीका ६ वर्षीय छोरा समिर केसीको मृत्यु भएको हो ।

साँझ पौने ६ बजे घटनाबारे खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय जिनावाङबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।

यस्तै, इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट पनि थप टोली पुगेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी इन्स्पेक्टर सुनिल थापा नेपालीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?