+

आगामी लिग २ शृङ्खलाअघि नेपालले जर्सीसँग अभ्यास खेल खेल्ने

२०८३ जेठ  २० गते २१:१४ २०८३ जेठ २० गते २१:१४
आगामी लिग २ शृङ्खलाअघि नेपालले जर्सीसँग अभ्यास खेल खेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली क्रिकेट टोलीले जुलाईमा हुने आईसीसी क्रिकेट विश्वकप लिग २ शृङ्खलाअघि जर्सी भ्रमण गर्ने भएको छ ।
  • नेपाल क्रिकेट संघका अनुसार नेपालले जर्सीमा आगामी जुलाई १३ र १५ मा दुई अभ्यास खेल खेल्नेछ ।
  • नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीच आगामी जुलाई २१ देखि लिग २ को शृङ्खला शुरू हुने तालिका छ ।

२० जेठ, काठमाडौं । नेपाली क्रिकेट टोलीले जुलाईमा हुने आईसीसी क्रिकेट विश्वकप लिग २ शृङ्खलाअघि जर्सी भ्रमण गर्ने भएको छ ।

जर्सीमा नेपालले तयारी क्याम्पसँगै दुई अभ्यास एकदिवसीय खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । पहिलो अभ्यास खेल जुलाई १३ अनि दोस्रो खेल जुलाई १५ मा हुने क्यानले जनाएको छ ।

नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीच आगामी जुलाई २१ देखि लिग २ को शृङ्खला सुरु हुने प्रारम्भिक तालिका छ । त्यसका लागि कन्डिशन मिल्दोजुल्दो हुनेगरी जर्सीमा खेल्न लागिएको हो ।

नेपालले केही साताअघि मात्र दुई घरेलु शृङ्खला खेलेको थियो । ८ खेलमध्ये नेपालले ६ खेलमा जित हासिल गरेर लिग २ अंकतालिकामा स्थान सुधार समेत गरेको थियो ।

लिग २ क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय